Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारहरूका लागि आचारसंहिता

फिल्मीखबर, काठमाण्डौ, 2014/08/19

नेपाल चलचित्र कलाकार संघले कलाकारहरूका लागि ४ खण्डको आचारसंहिता जारी गरेको छ । कलाकारितालाई मर्यादित बनाउने भन्दै संघको सोमबार बसेको बैठकले पेशागत मर्यादा, व्यक्तिगत आचरण तथा कलाकारको सामाजिक दायित्वलाई निर्वाह गर्ने कुरामा जोड दिंदै आचार संहिता जारी गरेको हो ।


संघका अध्यक्ष नवल खड्काले कलाकारले पेशागत जिम्मेवारी र सामाजिक दायित्वका कुरालाई राम्ररी अंगीकार गर्न नसकिरहेको अवस्था रहेको भन्दै आचार संहितामार्फत संघले कलाकारहरुलाई आफ्नो दायित्व सम्झन आग्रह गरेको बताए । उनले संघले जारी गरेको आचार संहितालाई कडाईका साथ पालन गर्न लगाउने पनि प्रतिबद्धता व्यक्त गरे ।


संघले जारी गरेको आचारसंहिताको पूर्ण बिबरण

क. हामी कलाकारिताको पेशागत उत्कृष्टता र गुणस्तरप्रति सजग र प्रतिवद्ध रहनेछौँ ।

१. कलाकारितालाई आफ्नो पुनित कर्म ठान्दछौँ र यो पेशाको गुणस्तर र प्रतिष्ठा बढाउन सधै प्रयत्नशील रहनेछौँ ।

२. चलचित्र कर्मप्रति सदा समर्पित रहि र आफ्नो पेशामा निष्ठावान र अनुशासित रहनेछौँ ।

३. आफूले अभिनय गर्ने चलचित्र प्रचलित कानूनको अधिनमा रहि कथावस्तु तयार भएको सुनिश्चित गरेर सम्वन्धित रोजगारदातासँग करार गरेर काम गर्नेछौँ ।

४. नेपाल राज्यको सुरक्षा, शान्ति र अमनचयनमा खलल पुर्याउने, विभिन्न जातजाति वा सम्प्रदाय वा धर्म सांस्कृतिक र सामाजिक जीवनमा नकारात्मक असर पार्ने चलचित्र निर्माण गर्नेछौँ र त्यस्ता चलिचत्रमा अभिनय गर्नेछैनौँ ।

५. कसैको व्यक्तिगत पहिचान र मर्यादामा आँच आउने विषयस्तु भएको चलचित्र निर्माण गर्ने तथा अभिनय गर्नेछैनौँ ।

६. आफुले अभिनय गर्ने पात्रको भूमिका र चरित्रप्रति इमान्दार र लगनशिल भई त्यसप्रति उचित न्याय दिनेछौँ ।

७. आफ्नो कलाकारिता पेशावाट प्राप्त लोकप्रियताको दुरुपयोग गरि नाजायज आर्थिक तथा अन्य लाभ लिनेछैनौँ ।

८. आफ्नो कामप्रति पूर्ण अनुशासित भई तोकिएको समयमा तोकिएको स्थानमा उपस्थित भई तोकिएको गुणस्तरमा कार्यसम्पादन गर्नेछौं । जतिसुकै प्रतिकुल अवस्था वा भूमिका सानो वा ठूलो जे जस्तो भएपनि उत्कृष्ट नतिजा दिन प्रतिवद्ध छौँ ।

९. चलचित्र उद्योग, सहकर्मी कलाकारहरु र कलाकारहरुको प्रतिनिधिमूलक संस्था नेपाल चलचित्र कलाकार संघलाई नकारात्मक असर पर्ने वा अपमान गर्ने वा होच्याउने वा अन्य यस्तै खालका अभिव्यक्ति दिने वा अन्य व्यवहार गर्नेछैनौँ ।

१०. कलाकार संघको वार्षिक साधारणसभा लगायतका अन्य महत्वपूर्ण गतिविधिहरुमा सक्रिय सहभागी हुने र आफ्नो क्षमताले भ्याएको योगदान गर्नेछौँ ।

११. आफूले अभिनय गरेको चलचित्रको छायांकनको क्रममा आफूले निर्वाह गरेको भूमिका तथा सो चलचित्रको कथावस्तु लगायत यससंग सम्वन्धित अन्य सूचनाहरु गोप्य राख्नेछौँ र निर्माता, निर्देशकको अनुमति विना सार्वजनिक गर्नेछैनौँ ।

१२. आफूसँगै अभिनय गर्ने सहकर्मी बरिष्ठ एवं कनिष्ठ कलाकारहरुलाई यथोचित आदर र सम्मान गर्नेछौ ।

१३. रोजगारदाता चलचित्र निर्मातासंग एउटै मिति र समयमा एउटा भन्दा बढी चलचित्रमा समय दिने गरि करारनामा गर्नेछैनौँ । करारनामामा उल्लेखित शर्तहरु इमान्दारी पूर्वक पालना गर्नेछौँ ।

१४. हाम्रा दर्शक श्रोतहरुलाई आदर सम्मान र प्रेम गर्दछौँ । उहाँहरुको चाहनालाई मध्यनजर गरेर हामी कलाकारिताका परिकारहरु प्रस्तुत गर्नेछौँ ।

१५. व्यक्तिगत रुपमा आफ्ना कमजोरी वा असफलताको लागि अरुलाई दोष दिनेछैनौ ।

१६. कला, कलाकारिता र कलाकारिताको मंच वा कलाकारिताको उद्योगप्रति अपहेलना गर्नेछैनौँ र त्यसको सम्वद्र्धमा योगदान पुर्याउनेछौँ ।


ख.  हामी हाम्रा व्यक्तिगत आचरण र अभ्यास समाजमा अनुकरणीय बनाउने छौँ ।

१. सार्वजनिक स्थलमा धुम्रपान मध्यपान गर्ने, जुवा खेल्ने वा अन्य अनैतिक गतिविधिमा संलग्न रहने छैनौ ।

२.  दैनिक नीजि तथा व्यावसायिक जीवनमा गैरकानुनी गतिविधि गर्नेछैनौँ ।

३. नीजि र व्यावसायिक जीवनमा कुनै व्यक्ति प्रति जात, धर्म, लिङ्ग, वर्ण, वर्ग वा अन्य कुनैपनि आधारमा भेदभावजन्य व्यवहार गर्नेछैनौ ।

४. अरुको विचारको सम्मान र फरक मतको कदर गर्नेछौँ ।

५. कुनैपनि प्रकारको हिंसाप्रति विश्वास गर्दैर्नौ र त्यस्ता कर्मप्रति संलग्न रहँदैनौ ।

६. कसैप्रति दुव्र्यवहार, हिंसा ९लैङ्गिक र अन्य हिंसा०, शोषण ९आर्थिक वा यौन शोषण० जन्य गतिविधिमा संलग्न रहनेछैनौँ ।

७. बहुविवाह, वालविवाह, अनमेल विवाह तथा दाईजो लिनेदिने गतिविधिमा संलग्न रहनेछैनौ र त्यसको सक्रिय प्रतिवाद गर्नेछौँ ।

ग. हामी सामाजिक दायित्वको वोध गर्दछौ र त्यसको परिपूर्तिको लागि सदा सक्रिय रहनेछौँ ।

१. कलाकारिताको माध्यमवाट नेपाली कला संस्कृति र साहित्यको प्रवद्र्धन गरि समाज र राष्ट्र्रको पहिचान अभिवृद्धि गर्न सचेत र सक्रिय रहनेछौँ ।

२. कलाकारिताको माध्यमवाट समाजमा नयाँ ज्ञान, चेतना र सूचना प्रवाह गर्नेछौँ ।

३. कलाकारिताको माध्यमवाट समाजमा सद्भाव, मेलमिलाप र सहकार्य अभिवृद्धि गर्न योगदान गर्नेछौ ।

४. समुदायमा आईपर्ने आपत विपद र संकटमा मानवीय सहयोग र सद्भाव पुर्याउनेछौँ ।

५. जातीय विभेद, वालश्रमको प्रयोग तथा महिला हिंसाप्रति विशेष सम्वेदनशील रहनेछौं र त्यसप्रति सून्य सहनशीलता अपनाउनेछौँ ।

६. आफ्नो शक्तिको दुरुपयोग, जालसाजी तथा भ्रष्टाचारजन्य गतिविधि गर्नेछैनौ र त्यस्तो कर्मलाई प्रोत्साहन हुने क्रियाकलाप गर्नेछैनौँ ।

७. वातावरण संरक्षण सम्वन्धमा विशेष सक्रिय रहनेछौ र आफ्नो नीजि तथा व्यावसायिक कामले वातावरणमा पार्ने नकारात्मक प्रभाव प्रति सचेत रही वातावरण मैत्री व्यवहार अपनाउने छौँ ।

८. नाफा वा कमाईको लागि अनैतिक, असभ्य र गैरकानूनी पेशा, कर्म वा व्यवसाय गर्ने गराउने छैनौ ।

घ. हामी हाम्रा पेशागत सुरक्षा प्रति चासो र पहल गर्नेछौ ।

१. पेशागत हक, हित र सुरक्षाको कानून प्रदत्त अधिकार प्राप्तिका लागि सक्रिय रहनेछौँ ।

२. शान्तिपूर्ण विधिवाट कुनैपनि समस्यको समाधान गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दछौँ ।

३. पेशागत सुरक्षाको विषयमा रोजगारदाता तथा सरकारसँग सामूहिक मोलमोलाई गर्नेछौँ, वार्ता र सम्वादको माध्यवाट आपसी हितको छिनोफानो गर्नेछौँ ।

४. रोजगारदाता संग कुनै विषयमा विवाद उत्पन्न भएमा आपसी सम्वादको माध्यमवाट समाधान खोज्नेछौ र सो सम्भव नभएमा उपयुक्त कानूनी उपचारको खोजी गर्नेछौँ ।

५. कलाकारिताको माध्यमवाट सृजना भएको श्रव्यदृष्य वस्तुको प्रतिलिपि अधिकार प्रति सजग रहनेछौँ र सो को प्राप्तिमा सक्रिय रहनेछौँ ।

६. कलाकारहरुले काम गर्ने वातावरण, कार्यस्थल तथा सामाजिक सुरक्षाको ९वीमा, औषधि उपचार आदी० विषयमा सचेत रही रोजगारदाता तथा सरकारलाई त्यस्तो व्यवस्था गर्न गराउन पहल गर्नेछौँ ।

Most Visited News (monthly)