Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

१३ औं पुण्यतिथीमा श्रीकृष्णलाई कलाकारको श्रद्धाञ्जली

फिल्मीखबर, काठमाण्डौ, 2014/08/21

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औं दिनको पुण्यतिथीको अवसरमा नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गर्‍यो । घट्टेकुलोस्थित प्रहरी सामुदायिक सेवा केन्द्रको भवनमा आयोजना गरिएको उक्त श्रद्धाञ्जली शोक सभामा फिल्मकर्मीहरूले श्रीलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

 

 

 

स्वर्गिय अभिनेता श्रेष्ठको सम्झनामा १ मिनेट मौन धारण गरी शुरू गरिएको उक्त शोक सभामा बोल्दै श्रीका दाजु मिनकृष्ण श्रेष्ठले भाइलाई बचाउन लाख कोसिस गर्दा पनि नसकेको भन्दै भाव विह्वल भए । उनले आफ्नो भाइले सारा नेपालीको मन जितेर गएको बताए । यस्तै उनले नेपाल सरकारले गरेको सम्मान र फिल्मकर्मीले दिएको संवेदनामा कृतज्ञता प्रकट गरे ।  

 

अभिनेत्री करिश्मा मानन्धरले सिङगो नेपालले राम्रो कलाकार गुमाएको र उनले गरेका कार्यहरु अविस्मरणीय रहेको बताईन् । अभिनेत्री झरना थापाले श्रीसँग फिल्ममा काम गर्दाको अनुभव सुनाउँदै उनको काम र व्यवहारको प्रशंशा गरिन् । 

 

 

 

यस्तै कलाकार संघका अध्यक्ष नवल खड्का, उपाध्यक्ष लक्ष्मी गिरी, कलाकार संघका निवर्तमान अध्यक्ष रमेश बुढाथोकी, अभिनेत्रीद्धय बसुन्धरा भुषाल र भुवन चन्द, बरिष्ठ कलाकार हरिहर शर्मा, निर्माता संघका अध्यक्ष राजकुमार राई, फिल्मकर्मी अशोक शर्मा  सहित दर्जनौं कलाकार र फिल्मकर्मीले श्रीको असल स्वाभाव, लगनशिलता, कुशल अभिनय क्षमताको बारेमा प्रशंशा गर्दै उनले फिल्म क्षेत्रलाई अतुलनिय योगदान दिएको चर्चा गरे ।

Most Visited News (monthly)