Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

तेस्रो सातामा 'कोहिनूर' | `ताण्डव` र `ठूली` भिड्दै

फिल्मीखबर, काठमाण्डौ, 2014/08/22

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माण तथा अभिनय रहेको फिल्म 'कोहिनूर' तेस्रो सातामा रिलिज हुँदैछ । सफलताकासाथ तेस्रो सातामा प्रदर्शनरत यो फिल्मसँगै आजै शुक्रबारबाट दुई नयाँं फिल्म 'ताण्डव' र 'ठूली' रिलिज भएका छन् ।

 

आकाश अधिकारीको लेखन एवं निर्देशन रहेको फिल्म ‘कोहिनूर’ मा महिला बेचबिखनको सामाजिक कथालाई उठान गरिएको छ । फिल्ममा श्रीसँगै श्वेता खड्का, मिथिला शर्मा, मुकुन्द श्रेष्ठ, सुनिल कटवाल, सम्राट सापकोटा, रमेश अधिकारी, गोपाल अर्याल, सुरेश अधिकारीको साथमा भारतीय कलाकार दीपजंग राणा, रमेश गोयल, अन्जुम खान लगायतको अभिनय हेर्न सकिनेछ । 

 

फिल्म ‘सिक सिटी' बनाएर एकथरी दर्शकमाझ चिनिएका बेलायती निर्देशक मुरे केर निर्देशित 'ताण्डव' आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । मोहन डोटेलले निर्माण गरेको यो फिल्ममा नम्रता श्रेष्ठ, शिशिर राना 'लाउरे', अनुप बराल, बिपिन कार्की, एकेन गुरूङ लगायतको अभिनय छ ।
 
यस्तै सूर्य बोहोरा निर्देशित फिल्मा 'ठूली' पनि आजैबाट प्रदर्शनमा आएको छ । यो फिल्ममा जीवन लुईटेल र गरिमा पन्तको मुख्य भूमिका रहेको छ । यो फिल्मा नारी संवेदनामा आधारित छ ।
Most Visited News (monthly)