Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

मंसीर ५ गते अम्बरे राजा आउने

फिल्मीखबर, काठमाण्डौ, 2014/08/22
देशमा राजा त छैनन् तैपनि मंसीर ५ गते देशका  हलहरुमा ‘श्री ५ अम्बरे’ आउनेछ । इतिहासमै नाम नसुनिएका यि राजा को होलान् भन्ने जिज्ञासा मंसीर ५ पछि स्वतः मेटिने निर्माता जीवनसाथी बस्नेतले जानकारी दिए । 
 
 
जीवनसाथी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘श्री ५ अम्बरे’ले समाजमा रहेको राजा बन्न चाहने एक पात्रको कथामा आधारित छ जसको शिर्ष भूमिकामा सौगात मल्ल छन् ।  फिल्ममा सौगातसहित केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदीको अभिनय छ । अभिमन्यु निरवीले लेखेको यो फिल्मलाई ‘अन्तराल’ निर्देशक दिपा बस्नेतले निर्देशन गरेकी हुन् । 
 
 
पोष्ट प्रोडक्सन काम अन्तिम चरणमा पुगेको यो फिल्ममा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् . चन्दन दत्तको सम्पादन रहेको फिल्मलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन् । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको यस फिल्मलाई डिजिटल सिनेमा नेपालले वितरण गर्नेछ ।