Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

बागबजारमा मल्टिप्लेक्स

फिल्मीखबर, काठमाडौं, 2014/08/23

राजधानीमा अर्को मल्टिप्लेक्स थपिएको छ । शनिबार चलचित्र बिकास बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैताले पानसमा बत्ति बालेर मल्टिप्लेक्सको उद्घाटन गरे । ‘सिटीम्याक्स’ शीर्षकको मल्टिप्लेक्स बागबजारमा खुलेको हो । मरेवैताले स्तरीय हलले स्तरीय नेपाली फिल्म निर्माणमा सघाऊ पु¥याउने विचार व्यक्त गरे ।

 

‘नेपाली फिल्म आजभोलि उच्चस्तरीय प्रविधिमा बनिरहेका छन् तर धेरै हलमा सो अनुसारको प्रोजेक्सन सिस्टम छैन । सुविधासम्पन्न यस्ता हलले नेपाली फिल्मको बजार बढाउन सँगै बजार बिस्तार गर्न मद्धत गर्नेमा आशावादी छु,’ मरवैताले भने । 


हलका प्रबन्ध निर्देशक देवेन्द्र खड्गीले हलले नेपाली फिल्मलाई प्राथमिकताका साथ प्रदर्शन गर्ने बताए । शनिबार देखिनै नियमित शो सुरु हुने हलमा १२२ क्षमता रहेको पनि उनले जानकारी गराए । ‘१३२ क्षमताको ‘सिटीम्याक्स २’ पनि निकट भविष्यमै सुरु गर्ने योजनासाथ काम भईरहेको छ,’खड्गीले भने । हल परिसरमा डिस्को पब, स्नूकर हाउस, फुडकोर्ट आदि रहनेछन् । हलको उद्घाटनको अवसरमा नेपाली फिल्म ‘ताण्डव’ देखाईएको थियो ।


 

Most Visited News (monthly)