करिष्मा मानन्धरलाई लायन्स क्लप अफ काठमाडाडौले सम्मान गरेको छ । उनलाई शुक्रबार लायन्स क्लब अफ काठमान्डु डायमण्डले हरितालिका तिजको अवसर पारेर नौ महिलासँगै सम्मान गरेको हो । उनलाई नेपाली फिल्मी क्षेत्रमा विगत २५ वर्ष देखि निरन्तर योगदान गरेको भन्दै सम्मान गरिएको अयोजकले लायन्स क्लबले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वाणिज्य तथा आपुति मन्त्री सुनिल थापाले लायन्स क्लब अफ काठमान्डौले गरेको महिला सम्मान कार्यक्रम प्रसंशा योग्य रहेको बताउनु भयो । ‘महिलालाई सम्मान गर्न पाउदा आफै सम्मानीन भए जस्तो महसुस भएको छ, ’ मन्त्री थापाले भने ।
कार्यक्रममा अभिनेत्री करिश्मा मान्नधरसँगै सम्मानित हुनेमा , गायिका देविका बन्दना, खेलाडी संगीना वैद्य , संचारकर्मी अनिता विन्द, शिक्षाविद् दिपिका रिमाल थापा, सौन्दर्यविद् रुवी राणा, साहित्यकार मोमिला जोशी, समाजसेवी दुगा धिमिरे, र स्वास्थ्यकर्मी डा.चन्दा कार्की रहेका छन ।

