युवापुस्ता लक्षित फिल्म 'उत्सव'को शिर्ष गीत सार्वजनिक गरिएको छ । यहि भदौ १३ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मले मित्रता, प्रेम र संगीतको कथा बोकेको छ ।
कुमार भट्टराइले निर्देशन गरेको 'उत्सव'लाई शेखर कोईरालाले निर्माण गरेका हुन् । सुरेश राइको संगीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेको प्रस्तुत गीतमा सौगात मल्ल, गौरव पहारी, संजोग कोइराला, मेनुका प्रधान र प्रकृती श्रेष्ठलाई फिचरिङ गरिएको छ । गीतमा गीरिश खतिवडा, धमेन्द्र सेवान, सन्तोष लामा, शशी रावलले स्वर भरेका छन् ।

