Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिपक बिनै दिपाले मनाईन् जन्मदिन

फिल्मीखबर, काठमाडौं, 2014/08/23


दिपक र दीपालाई विरलै अलग देखिन्छ । औपचारिक कार्यक्रमदेखि अनौपचारिक कार्यक्रमसम्म पनि उनीहरुसँगै आउँछन् र जान्छन् । तर यो पटक आफ्नो जीवनको महत्वपूर्ण दिनमा भने दीपा एक्लै देखिइन् । दीपाले आफ्नो जन्म दिन दीपकको उपस्थिति बिना मनाइन् । उसो त हाँस्यकलाकार दिपाश्री निरौलाको जन्मदिन शनिवार हो, तर उनले जन्मदिनको बर्थ डे केक भने शुक्रबार नै काटिन्, त्यो पनि उनका सहयात्री साथी दिपकराज गिरी बिना नै ।

 

प्रत्येक बर्ष रेडियो अडियोले दिपाको जन्मदिनकै दिन केक काट्ने गरेपनि यसपाली भने एक दिन अघि नै रेडियोको टोलीले केक काटेको छ । आज राती ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने फर्सी नेटवर्कले उत्पादन गरेको कार्यक्रम ‘परिको सरी’को सेटमा दिपाको जन्मदिन विशेष केक काटिएको हो । राती ८ बजेदेखि दिपासँगको रमाईलो कुराकानी ‘परिको सरी’मा हेर्न पाईनेछ । जन्मदिनको अघिल्लै दिन केक काट्न पाउँदा उनी खुशी देखिईन ।

 

‘केक खानबाट दिपक छुट्यो’ ठ्ट्यौली गर्दै उनले भनिन् ‘अलिकति केक पेपरमा ¥याप गरेर दिपकलाई पनि लगिदिउँकी ?’ ‘आज एउटा केक काटियो भोली अरु चारवटा केक काट्ने कार्यक्रम रहेको छ’ । जन्मदिनको दिन विहानै उठेर पशुपति नाथको दर्शन गर्न जाने, त्यसपछि बिराटनगरमा बाबालाई फोन गर्ने, आर्शिवाद लिने, साथीहरुको सन्देशको रिप्लाई गर्ने, अनि गाईजात्रे कार्यक्रममा सहभागी हुने उनको योजना छ । शुक्रबार दिपकराज बिना नै केक काटे पनि भोली भने उनी दिनभर दिपकराज गिरीसँगै हुनेछिन् ।

 

‘भृकुटीमण्डपमा गाईजात्राको तीन सो छ, त्यसपछि बीचमा उपासना महिला सहकारीले गर्ने तीज कार्यक्रमका लागि सितापाईला पनि जानु छ’, दिपाले शनिबारको ब्यस्तता सुनाउदै भनिन् ‘मेरो मिल्ने साथी दिपक भोली दिनभरी नै मेरो साथमा हुनेछ’ । दिपकराज गिरीसँग को सहकार्यले आज यो स्थानसम्म आईपुगेको बताउदै उनले दिपकलाई आफ्नो ‘मनको सबैभन्दा नजिकको साथी’ भन्न पनि भ्याईन । दिपक साथमा हुँदा आफ्नो जन्मदिन स्पेशल हुने पनि उनले बताईन ।

 

दिपक र दिपाको सहकार्य निकै लामो छ । उनीहरु मिलेर खेलेको ‘दिदि’ (दिपक दिपा) नामक संस्थाको माध्यमबाट सात जना केटाकेटीलाई पढाईरहेका पनि छन् । दिपक दिपाको संस्थाको लागि भनेर महिला दिदी बहिनीहरुको सहकारी उपासना महिला तीज बिषेश कार्यक्रममा एउटा केक काट्ने कार्यक्रम राखेको छ ।

 

त्यस्तै, गाईजात्राको एउटा सोमा कलाकारहरुको तर्फबाट, अर्को सो मा आयोजकको तर्फबाट अनि साँझमा घरपरिवारसँग केक काटिने दिपाले जानकारी गराएकी छिन् । ‘पहिलो पटक चारवटा बर्थ डे केक काट्दैछु, एकदमै एक्साईटेड भईरहेकी छु’ दिपाले भनिन् । यसपाली कतिऔं जन्मदिन मनाउदै हुनुहुन्छ त ? भन्ने प्रश्नमा उनले जवाफ दिइन् , ‘दिपाश्रीमा छ दम, पुगें ४० मा एक कम, मिलाएर आफै बुझ्नुहोला’ ।
तस्वीर सौजन्य मज्जाका
 

Most Visited News (monthly)