Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी गर्दैछन् ८ बर्षे बालकले फिल्म निर्देशन ? (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/08/24

पत्याउन गार्‍हो छ तर यथार्थ यही हो कि ८ बर्षिय नेपाली बालकले फिल्म निर्देशन गरिरहेका छन् । हाल काठमाण्डौमा छायाँकनरत फिल्म 'लभ यू बाबा'लाई तिनै ८ बर्षिय बालक सौगात बिष्ट एक्सन कट भन्नमा व्यस्त छन् ।

 

'प्रतिभा र कलाले सानो र ठूलो हेर्दैन', सौगातको एक्सन कटमा अभिनय गर्दै गरेका कुशल कलाकार बसन्त भट्ट भन्छन्, 'शुरूमा त मलाई पनि पत्याउन गार्‍हो भएको थियो तर जब म स्पटमा पुगें उसमा अदभुत कला पाएँ ।' सौगातसँग काम गर्न पाउँदा खुशी व्यक्त गरेका बसन्त थप्छन्, 'हेर्दा ८ बर्षको देखिएपनि सुटिङमा मलाई खारिएको निर्देशकसँग काम गरेजस्तै अनुभव भएको छ ।'

 

यस्तै सोही फिल्मकी अभिनेत्री निश्मा घिमिरेले पनि सौगातको कामको प्रशंशा गरिन् । सौगातले साना साना कुरामा ध्यान दिएर काम गरेको देख्दा आफूलाई पनि धेरै कुरा सिक्ने मौका मिलेको निश्मा बताउँछिन् । 
 
यस्तै बाल कलाकार संगम बिष्टले भाईले सानो उमेरमा फिल्म निर्देशन गरेर गिनिज बुक अफ रेकर्ड्समा नाम लेखाउन लागेकोमा खुशी लागेको बताईन् । उनले सानो बालकले गरेको भनेर नहेप्न आग्रह गर्दै सबैको साथ र सहयोगको अपेक्षा गरेको भनाइ राखिन् । 
 
यता फिल्म निर्देशन गर्नुको कारण खोल्दै सौगातले भने, 'मेरो बाबा एक्टर । फिल्म खेलेर अवार्ड पाउनु भयो । दिदीले पनि फिल्म खेलेरै अवार्ड पाउनु भयो । काकु (काका) डान्सर । उहाँले पनि नाचेर अवार्ड पाउनु भयो । मैंले चाहिं के गरेर अवार्ड पाउने त ?' सौगातले नामको लागि मात्र नभई आफ्नो कला देखाउन पनि निर्देशक बनेको बताए । उनले बाबु छोरीको कथा फिल्ममा रहेको खुलाए । 
 
सौगातले फिल्म निर्देशन र क्यामेरा एङ्गल फिल्म ‘जन्मभूमि’ मा अभिनय गर्दा सिकेको उनका पिता तथा यही फिल्मका मुख्य पात्र गजित बिष्टले खुलाए । उनले सबैभन्दा कान्छो निर्देशक भनी ‘गिनिज वल्र्ड रेकर्डस्’मा नाम लेखाउका लागि मात्र नभई छोरोको प्रतिभा देखाउनका लागि आँफैं लगानी गरेको प्रस्ट्याए । 
 
फिल्म ‘लभ यू बाबा’ मा सम्झना पोखरेलको लगानी छ । गम्भिरको पटकथा तथा सम्वाद रहेको फिल्ममा गजित विष्टसँगै छोरी संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल, अर्जुन गुरुङ, राजु बजाज, सुरेन बसेल लगायतको अभिनय छ । अभिनेत्री अनु शाह र सञ्चारकर्मी निर्देशक सुव्रत आचार्य अतिथि भूमिकामा प्रस्तुत हुँदैछन् । 

 

Most Visited News (monthly)