Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

निखिलको फिल्ममा रेखा !

फिल्मीखबर, काठमाण्डौ, 2014/08/24
निखिल उप्रेती र रेखा थापाले कुनै समय एक साथ फिल्म नगर्ने सार्वजनिक घोषणा नै गरेका थिए । उनीहरुको घोषणाको पछाडि कारण के थियो थाहा छैन तर पनि दुवै आ-आफ्नो घोषणामा कायम रहे पछिसम्म पनि उनीहरुलाई नेपाली दर्शकले सँगै देख्न पाएनन् । 
 
 
उति बेला रेखाले बनाउन लागेको फिल्म ‘हिम्मत’मा निखिलले आफ्नो पारिश्रमिक नघटाएका कारण रेखा र निखिल दन्तबझानमा उत्रिएको खबर बाहिरिएको थियो । त्यसयता निखिलले आफू खेल्ने फिल्ममा अरू हिरोइन सिफारिश गर्ने र रेखाले खेल्ने फिल्ममा अरू नै हिरो सिफारिश गर्ने दौड नै सुरु भएको थियो । 
 
 
समय यस्तो मल्हम हो जसले जस्ता सुकै गहिरा र पूराना घाऊ पनि निको पार्छ । यि दुईको सम्बन्धको घाऊलाई पनि समयले पुरेछ क्यारे निखिलले आफूले निर्देशन गर्न लागेको फिल्ममा रेखालाई हिरोइनका लागि अफर गरेका छन् । शनिबार निखिल रेखालाई हिरोइनको प्रस्ताव लिएर उनको बासस्थान पुगेका थिए ।
 
निखिलले रेखाले हिरोइनका लागि प्रस्ताव गरेको स्विकार गरे । ‘रेखालाई सुहाउने भएकाले अफर गरेको हुँ । ईच्छुक भएको प्रतिक्रिया दिनु भएको छ,’ निखिलले फिल्मीखबरसँग कुरा गर्दै भने । उनले रेखासँग बाहिर आएजस्तो पानी बाराबारकै स्थिति भने नभएको बताए । 
 
 
‘हो हामी साथी थिएनौं तर दुश्मन पनि थिएनौं । भेटहुँदा बोलचाल हुन्थ्यो । टाढा भएकाले त्यस्तो देखिएको हो', निखिलले थपे । निखिलकै  श्रीमती सञ्चिता लुईंटेल पनि फिल्ममा कमव्याक गर्ने तयारी गरिरहेकी छिन् । निखिलले घरमै हिरोइन हुँदाहुँदै बाहिर किन खोजे ? निखिलले जिस्किँदै भने- 'सञ्चिताको लागि बेग्लै फिल्म बनाउँछु ।'
 
सेप्टेम्बर १ तारिखदेखि सुटिङ शुरू हुने भनिएको अनटाईटल प्रोजेक्टमा निखिल स्वयं मुख्य भूमिकामा रहनेछन् । रेखा भने खेल्ने निश्चित भाईइसकेको छैन । नेपाल र भारत देशबिचको सिमानाको कथालाई उठाईएको यो फिल्मलाई निखिलले नै निर्देशन तथा निर्माण गर्ने भएका छन् । निखिलले गर्ने भनेको हिन्दी फिल्मको निर्देशन भने तिहार पछी मात्रा हुने बताईएको छ । 

 

Most Visited News (monthly)