Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ब्रत किन बस्ने ?

फिल्मीखबर, काठमाण्डौ, 2014/08/25
तीजको रौनकले आम नेपाली दिदीबहिनीहरुलाई छपक्कै छोपेको छ । यति बेला देशका आम महिलाहरु दर खान र शुभकामना आदन प्रदान गर्नमा ब्यस्त छन् । यही तीजको छेको पाएर फिल्मीखबरले ब्रत बस्नुको कारण र औचित्यका बारेमा केही सेलिब्रेटीसँग प्रतिकृया लिएको छ । 
 
अभिनेत्री गरिमा पन्त यसपालिको तीज खुब रमझमका साथ मनाउने तयारीमा छिन् । परापूर्व कालदेखि चलिआएको रीति भएकाले ब्रत बस्ने कुरालाई आत्मासाथ गर्नुपर्ने गरिमा बताउँछिन् । तीजमा भोक भोकैै ब्रत बस्ने गरेपनि असल पति पाउन र पतिको दिर्घायूको कामनाका लागि आफू कहिल्यै ब्रत नबस्ने उनले बताईन् । 
 
'परम्परालाई बचाउन र आत्मसन्तुष्टीका लागि ब्रत बस्छु', गरिमाले थपिन्, 'ब्रत बसेर राम्रो श्रीमान पाउने कुरामा भने विश्वास गर्दिन । ब्रत बसेर राम्रो श्रीमान पाउने पनि हैन ।' 
 
अभिनेत्री झरना थापालाई भने यसपालिको तीज खल्लो हुनेछ । परिवारमा जुठो परेकाले यसपलिको तीजमा रमझमका कुनै कार्यक्रम नराखेको झरनाले बताईन् । आफू धार्मिक स्वभावको भएकाले तीजमा पतिको सु-स्वस्थ्य र दिर्घायूको कामना गदै व्रत बस्ने गरेको झरनाको भनाई छ । आफ्नो सौभाग्यका लागि झरना ब्रत बस्दै आएकी छिन् ।   
 
अभिनेत्री केकी अधिकारीले आफुलाई तीजको व्रत बस्न रमाइलो लाग्ने धारणा राखिन् । आमा ब्रत बसेको देखेर रहर गर्दै ब्रत बस्ने गरेकी केकी पनि राम्रो श्रीमान पाउने कुराको बिपक्षमा देखिईन् । 'भोक भोकै ब्रत बसेर असल श्रीमान पाउने भए संसारका सबै महिलाहरू ब्रत बस्थे होला,' केही कडा बन्दै केकीले भनिन्, 'तीज महिलाहरुको लागि रमाइलो गर्ने र खुसी साट्ने माध्यम हो ।' 

 

Most Visited News (monthly)