Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`समय नदिएको गुनासो गर्छिन्` : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2014/08/25
हातमा खासै फिल्म छैनन् र पनि अभिनेता राजेश हमाल व्यस्त छन् । उनी व्यस्त रहेको कुरा उनकै श्रीमती मधुको गुनासोले प्रस्ट्याएको छ । नेपालगञ्जमा एक कार्यक्रमका लागि पुगेका हमालले मधुले समय दिन नसकेको गुनासो गरिरहेको बताए । 
 
बिहे पश्चात फिल्म भन्दा अन्य कार्यक्रममा नै बढि व्यस्त देखिएका हमालले मधुको गुनासो जायज भएको बताउँदै छिट्टै नै उनलाई घुमाउन लैजाने योजना बनाएको सुनाए । बिहेपछि पारिवारिक माहोलमा रमाईरहेका हमालले भने, 'समय मिलाएर उनीसँग घुम्न जाने योजना बनाएको छु ।' 
 
हुनत हमालले बिहे पूर्व पनि मधुलाई खासै समय दिन सकेका थिएनन् । उनले त्यो बेला पनि आफूले समय नदिंदा मधु दु:खी हुने गरेको सुनाउने गर्दथे । एकल जीवनमा रमाउने बानि परेका हमाल श्रीमतीलाई खुसी पार्न श्रीमान् चनाखो हुने पर्ने कुरामा सचेत छन् । यो जान्दा जान्दै पनि हमालले समय भने निकाल्न सकेका छैनन् । 
Most Visited News (monthly)