मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गरिमा पुरुषका लागि ब्रत नबस्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/08/28
तीजको अवसर पारेर आज हिन्दु नारीहरु दिनभर ब्रत बसे । शिव जस्तै पति पाउँ भन्ने चाहना अविवाहितहरुको थियो भने पतिको आयू लामो होस् भन्ने कामना विवाहितहरुको थियो । नेपाली फिल्मका अभिनेत्रीहरू पनि विभिन्न कारण दर्शाउँदै ब्रत बसे । 
 
उसो त अधिकांश अविवाहित अभिनेत्रीहरूले असल पति पाउँ भनेर ब्रत बसेको कुरालाई भने सधै नकार्छन् । अभिनेत्री गरिमा पन्तले जीवनमै पहिलो पटक ब्रतको अनुभव गरिन् । बिहीबार पत्रकार भेटघाटका क्रममा गरिमाले ब्रतको राज पोख्दै फलफूल खाएको र पानी मात्र पिएको बताइन् । 
 
अविवाहित अभिनेत्रीले ब्रत बस्नुको कारण असल पति पाउँ भन्ने अड्कल धेरैको हुन्छ । तर गरिमाले पुरुषका लागि ब्रत नबस्ने जवाफ दिइन् । कारण के त ? गरिमाले भनिन्–‘नेपालमा सर्वाधिक धेरै महिला हिंसा पुरुषबाट हुन्छ । महिलालाई हिंसा गर्ने पुरुषका लागि ब्रत किन बस्नु ?’ गरिमाको सोचाइमा नेपालका पुरुष महिला हिंसामा अग्रसर छन् ।
 
उनले आफूले ब्रत बसेर नेपाली धर्मको परम्परालाई अगाडि बढाउन चाहेको बताइन् । ‘अबको नयाँ पिंढीले ब्रत, धर्म नै बिर्सेंला भन्ने डर मलाई छ । त्यसैले यसलाई लोप हुन नदिने मैले पनि ब्रत बस्ने निर्णय गरेको हुँ', गरिमाले भनिन् । उनले अब निरन्तर तीजमा ब्रत बस्ने समेत बताइन् ।