मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रतिष्पर्धी फिल्मका समानता

फिल्मीखबर, काठमाण्डौ, 2014/08/28
भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म 'उत्सव' र 'यो कथा हो तिम्रो मेरो' विच केहि समानता देखिएको छ । लभस्टोरी जनराका यि दुबै फिल्मका निर्देशक स्क्रिप्ट राईटर हुन् । 
 
 
निर्देशक कुमार भट्टराईले 'उत्सव'सहित 'मेरो लभ स्टोरी' र 'उमा' लेखेका छन् भने निर्देशक ओम प्रतिकले 'यो कथा हो तिम्रो मेरो'सहित 'फर्की आऊ', 'बाबु साहेब', 'अंगरक्षक'सहित थुप्रै फिल्म र टेलिफिल्मको कथा लेखेका छन् ।
 
यस्तै 'उत्सव'की अभिनेत्री प्रकृति श्रेष्ठ र 'यो कथा हो तिम्रो मेरो'की अभिनेत्री रिस्ता बस्नेत 'होस्टेल' फिल्मबाट डेब्यू गरेका कलाकार हुन् । पहिलो फिल्ममा एकसाथ अभिनय गरेका यि दुई अभिनेत्री अहिले भने एकअर्काको प्रतिष्पर्धी बनेका छन् । 
 
 
यता भाद्र २० गते एकसाथ रिलिज हुन लागेका दुई फिल्म 'स्टुपीड मन' र 'बिर्खेलाई चिन्छस्'का निर्माता हिरो हुन् । निरज बराल र सुवास थापा दुबै हिरो पहिलो पटक निर्माता बनेका छन् । निरजले 'स्टुपीड मन' र सुवासले 'बिर्खेलाई चिन्छस्' निर्माण गरेका हुन् । यि दुबै हिरो फिल्मका मुख्य पात्र पनि हुन् । 
 
यतिमात्र हैन निर्मातामा डेब्यू गरेका यि दुबै हिरोको फिल्मका हिरोइन पनि नयाँँ हुन् । 'स्टुपीड मन'बाट चाँदनी शर्मा र रीजु श्रेष्ठले डेब्यू गरेका छन् भने 'बिर्खेलाई चिन्छस्'बाट आयुषा राई र बिनिता खड्काले डेब्यू गरेका छन् ।