मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारले कलाकारको ग्रेडिङ गर्ने !

फिल्मीखबर, काठमाण्डौ, 2014/08/28
सञ्चार मन्त्री मिनेन्द्र रिजालको सक्रियतामा सरकारले कलाकारहरुलाई दुई प्रकारमा ग्रेडिङ गर्ने भएको छ । बिहीवार सिंहदरबारमा फिल्मकर्मीहरुसंग छलफल गर्दै दुई स्तरमा कलाकारहरुको ग्रेडिङ गरी सरकारी परिचय पत्रको ब्यवस्था गर्ने बिषयमा मन्त्री रिजाल सहमत भएका हुन् ।
 
 
 
मौखिक सहमति अनुसार सर्वप्रथम सरकारी खर्चमा हरेक कलाकार एवं प्राविधिकहरुको जीवनीमा आधारित पुस्तक तयार गरिने र सोही बमोजिम अतिबिशिष्ट र सामान्य गरी दुई प्रकारको परिचय पत्रको व्यवस्था गरिने छ । यो ब्यवस्थाका लागि सञ्चार मन्त्रालयका सह-सचिव कविराज खनालको संयोजकत्वमा एक कार्यदल गठन गरी एक हप्ता भित्रै काम सुरु गर्ने सहमति समेत भएको छ ।। 
 
 
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको नेतृत्वमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेता शिव श्रेष्ठ, निर्देशक आकाश अधिकारी, निर्माता सुनिल कुमार थापा, बाबुराम दाहाल र सञ्चारकर्मी प्रकाश सुवेदीसंगको छलफल पश्चात कलाकारलाई सरकारी परिचय पत्र दिईने बिषयमा मन्त्री रिजाल सहमत भएका हुन् ।