मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.60/5.00)
Text size:-
+
-

`फिल्म नबनाएसम्म अमेरिका फर्कन्न` : रमेश उप्रेती

फिल्मीखबर, काठमाण्डौ, 2014/08/28
कुनै समयमा फिल्ममा रमेश उप्रेतीको छुट्टै क्रेज थियो । फिल्ममा राम्रै चहलपहल भईरहँदा अमेरिकाको सपना बुनेर त्यता हानिएका रमेश अहिले भने फिल्म क्षेत्रबाट करिब ओझेल परेको अवस्था छ । 
 
लामो समय अमेरिका बिताउँदा नेपाली फिल्म क्षेत्रले झन्डै बिर्सेको अवस्थामा पुगेका रमेश निर्मातासँगै अभिनेताको रूपमा कमव्याक हुने तयारीमा छन् । बुधवार राजधानीमा एक कार्यक्रमको शिलशिलामा भेट भएका रमेशले छिट्टै नै फिल्ममा अभिनय गर्ने बताए ।
 
सुटिङ तालिका तय नगरिएको हुनाले कस्को फिल्म गर्ने र कहिलेबाट शुरू गर्ने भन्ने बारे खुलाउन नचाहेका रमेशले आँफैले पनि फिल्म निर्माण गर्न लागेको सुनाए । यसअघि फैलिएको हल्ला अनुरूप रमेशले प्रस्ट्याउँदै अभिनेत्री करिष्मा मानन्धरले आफ्नो फिल्म निर्देशन गर्ने बताए । 
 
रमेशका अनुसार करिष्माले निर्देशन गर्ने फिल्म एक्सन लभ स्टोरी हुनेछ । 'करिष्माजीले आफ्नै डेब्यू निर्देशन रहने फिल्मबाट मलाई कमव्याक गराउन खोज्दै हुनुहुन्छ । त्यसैले मैले अहिले कस्को फिल्म गर्ने भन्ने बारे निर्णय लिन सकेको छैन', रमेशले सुनाए ।  
 
अमेरिका फर्कने कि नफर्कने भन्ने जिज्ञासामा रमेशले उत्तर दिए, 'जबसम्म फिल्म बनाउँदिन तबसम्म अमेरिका फर्कन्न ।' उनले फिल्म बनाएर रिलिज गरेपछि मात्र अमेरिका फर्कने बताए । 'अमेरिकामा फिल्मको राम्रो मार्केट छ । त्यसैले एउटा राम्रो फिल्म बनाएर त्यहाँका दर्शकलाई देखाउन चाहन्छु', उनले योजना सुनाए ।