मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

फ्राईडे रिलिज | छानेरै हेर्नुस् फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2014/08/28
भोली शुक्रबारबाट दुई नयाँँ फिल्म 'उत्सव' र 'यो कथा हो तिम्रो मेरो' रिलिज हुँदैछन् । यि दुई फिल्मसँगै हलमा 'कोहिनूर', 'ताण्डव' र 'ठूली' पनि प्रदर्शनरत छन् । चलिरहेका फिल्म मध्ये 'कोहिनूर' भोलीबाट चौथो साथमा प्रदर्शन हुनेछ । यो फिल्मको व्यापार अहिले पनि आक्रमक नै छ । 
 
स्क्रिप्ट राईटर कुमार भट्टराईको डेव्यु निर्देशन रहेको फिल्म 'उत्सव'लाई शेखर कोईरालाले निर्माण गरेका हुन् । सौगात मल्ल, गौरव पहारी, प्रकृती श्रेष्ठ, मेनुका प्रधान र संजोक कोईरालाको मुख्य भूमिका रहेको यो फिल्म ५ जना अल्लाले युवायुवतीको कथामा आधारित छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा सुरेश राई र सनुप पौडेलको संगीतलाई सुन्न सकिनेछ ।
 
पारिवारिक रोमान्टिक फिल्म ‘यो कथा हो तिम्रो मेरो'लाई ओम प्रतिकले निर्देशन गरेका हुन् । निर्देशक प्रतिकले प्रेममा हुने हार जीतको कथा फिल्मको मुख्य सार रहेको बताए । द फ्रेम क्रियशन प्रालीको व्यानरमा निर्माण भएको यो फिल्मले प्रेममा हुने त्याग, समर्पण र बलिदानीको कथालाई प्रस्तुत गर्नेछ ।
 
निर्देशक ओम प्रतिककै लेखन रहेको यो फिल्ममा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिकको मुख्य भूमिका छ । फिल्ममा रामेश कुमार राईको कथा, रोशन श्रेष्ठको द्धन्द निर्देशन, सुरेश बज्रचार्यको छायांकन छ । राम वुढाथोकी, अनिल हेक्का र रमेश प्रजापतीको संयुक्त लगानीमा यो फिल्म बनेको हो ।