मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

करिश्मालाई जुरुक्कै बोके रमेशले (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/09/02
आठ बर्षपछि नेपाली स्टेजमा नृत्य गर्न लागेका नायक रमेश उप्रेतीमा जोश हुनु त स्वभाविक नै हो । त्यसमाथि पनि मिल्ने साथी तथा चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई जोडी पाएपछि रमेश यसै फुरुङ्ग छन् ।
 
 
 
भदौ २१ गते शनिबार काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजना हुन लागेको ‘दोश्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा करिश्मा र रमेशको आकर्षक नृत्य देखिनेछ । 'मखमली माया दिउँला', 'लौ लौ आयो लिल्लीलाई' लगायतका ५ हिट गीतलाई मिक्स गरेर तयार पारिएको ५ मिनेटको गीतमा यो जोडीले स्टेज तताउनेछन् ।
 
नृत्यलाई आकर्षक बनाउन रिहर्सल गरिरहेका बेला रमेशले करिष्मालाई जुरुक्क बोकेर घुमाए । निकै सहज तरिकाले रमेशले बोके पनि करिष्मालाई भने लगाएको पाहिरनका कारण सम्हालिन केहि अफ्ठ्यारो भएको थियो । 'अनुभवीको त चालै बेग्लै हुन्छ', नृत्य सिकाईरहेका करियोग्राफर कविराज गहतराजले भने, 'उहांहरूको हरेक कुरा 'फर्फेक्ट' छ ।' 
 
 
 
कार्यक्रमलाई भव्य बनाउने आयोजकले विभिन्न तयारी गरिरहेको छ । कार्यक्रममा विभिन्न प्रकारका ६ वटा नृत्य हुनेछन् । मंगलबार गोपिकृष्ण कम्प्लेक्समा मिडियाकर्मीहरु पुग्दा कलाकारहरु नृत्य गर्नमा नै व्यस्त देखिए ।
 
साउन २४ गते निधन भएका नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिदै उनको गीतमा विभिन्न कलाकारहरु नृत्य गर्नेछन् । नायक दीलिप रायमाझी श्रीकृष्ण बनेर नाच्ने तयारीमा छन् । उनलाई केकी अधिकारी, रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, निता पोख्रेल जस्ता कलाकारले साथ दिनेछन् । 
 
 
२० वटा विधामा वितरण गर्न लागिएको पुरस्कारका लागि श्रृलंकाबाट पनि विभिन्न फिल्मकर्मीहरु आउनेछन् । उत्कृष्ट निर्देशकले १ लाख नगद पुरस्कार पाउने यो समारोहका अन्य विधाका कलाकर्मीहरुले ५१ लाख नगद र ट्रफी प्राप्त गर्ने बताइएको छ । नियमित विधाबाहेक पत्रकारिता, व्यावसायिक फिल्म र जुरी अवार्ड पनि प्रदान गरिनेछ ।  
 
यसपटकको अवार्ड स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ, स्वर्गिय वरिष्ठ मेकअपम्यान साम्भा डि पाटिल र स्वर्गिय निर्देशक शिव रेग्मीप्रति समर्पित हुने आयोजकले जानकारी दियो ।रेमनदास श्रेष्ठ र नम्रता श्रेष्ठ, विल्सन विक्रम राई र संयम पुरी जोडीको रुपमा कार्यक्रम संचालन गर्नेछन् । शनिबार साढे ३ बजेबाट रेड कार्पेट सुरु हुने पुरस्कार समारोह भने ४ बजेपछि सुरु हुनेछ ।