गत भाद्र १३ गतेबाट काठमाण्डौ उपत्यकामा प्रदर्शन भएको फिल्म 'उत्सव' उपत्यका बाहिरका हलमा असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्म वितरण कम्पनी एफडीले उक्त मितिका लागि हल व्यवस्थापन गरेको हो ।

काठमाण्डौमा सन्तोषजनक व्यापार गरेको 'उत्सव' प्रदर्शनरत फिल्म 'कोहिनूर'का कारण असोज ३ मा धकेलिएको हो । यो फिल्मसँगै 'पुण्टे परेड' पनि सोही मितिमा रिलिज हुनेछ । 'पुण्टे परेड'लाई पनि एफडीले नै वितरण गर्दैछ । यता 'कोहिनूर'को व्यापारमा कमी नदेखिए यि दुई फिल्म प्रभावित हुनेछन् ।
'उत्सव'मा सौगात मल्ल, गौरव पहारी, प्रकृति श्रेष्ठ, मेनुका प्रधान र सन्जोग कोइरालाको मुख्य भूमिका रहेको छ । शेखर कोईरालाले निर्माण गरेको यो फिल्मलाई कुमार भट्टराईले निर्देशन गरेका हुन् ।
यता सुवास कोईरालाले निर्देशन गरेको 'पुण्टे परेड'मा संयमा पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, नाजिर हुसेनलगायतको अभिनय छ । 'पुण्टे परेड' नेपाली फिल्म ईतिहासमा सम्भवत सबैभन्दा बढी पोस्ट पोण्ड हुने फिल्ममा पर्दछ । अबपनि रिलिज डेट सरेमा अचम्म भने मन्नु पर्दैन ।

