नेपाल सरकारले गर्न लागेको कलाकर्मीको बर्गीकरणको बिषयमा नेपाल कलाकार संघले त्यसको बिरोध गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । संघका अध्यक्ष नवल खड्काले जारी गरेको विज्ञप्तीमा कलाकारहरुको बर्गीकरण गर्न नहुने उल्लेख छ ।
संघका सल्लाहाकारहरुको उपस्थितीमा बसेको कार्यसमितीको बैठकले सरकारले गर्न लागेको बर्गीकरणको बिषयमा आधिकारिक जानकारी नआएसम्म धारणा नबनाउने निर्णय गर्दै कलाकारको बर्गिकरण गर्न नहुने धारणा राखेको छ ।
कलाकारको हकहितका लागि काम गर्दै आएको कलाकार संघले नै बर्गिकरणको बिरोध गरेपछि सरकारलाई ठुलो चुनौती खडा भएको छ । केही फिल्मकर्मीले बर्गिकरणको बिषयलाई साकारात्मक लिएपनि अधिकांशले यसको बिरोध गरेका छन् ।
नेपाल सरकारले एक कार्यदलको गठन गर्दै कलाकर्मीको ‘क’ र ‘ख’ बर्गमा बर्गीकरण गर्ने निर्णय गरेको हो । बर्गिकरण गर्ने खबर आएपनि सञ्चार मन्त्रालयले यसको औपचारिक घोषणा भने गरिसकेको छैन । सरकारले लिएको यो निर्णय व्यवहारिक नहुने फिल्मकर्मीहरूले बताउन थालेका छन् ।

