मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेवाः सर्ट फिल्म प्रतियोगिता हुने

फिल्मीखबर, काठमाण्डौ, 2014/09/02
मच्छिन्द्र क्लबको आयोजनामा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेवाः फिल्म फेस्टिभलको तेस्रो संस्करण यो वर्ष भदौ २१ गतेदेखि शुरु हुने भएको छ । फिल्म फेस्टिभलमा मच्छिन्द्र बहाल अगाडिको डबलीमा खुल्ला रुपमा फिल्म प्रदर्शन गरिने हुनाले दर्शक र फिल्मकर्मी बीच गहिरो नाता कायम हुने कुरा फेस्टिभल आयोजक समितिका पवित्र कसाःले बताएका छन् । 
 
नेपालको सबैभन्दा गरिमामय साँस्कृतिक जात्राको रुपमा मानिंदै आएको इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आएको नेवाः फिल्म फेस्टिभल अन्तर्गत यो वर्षदेखि नेवाः सर्ट फिल्म प्रतियोगिता पनि नियमित रुपमा आयोजना गर्दै जाने क्लबका अध्यक्ष जीवेन्द्र कर्माचार्यले बताए ।
 
यो वर्ष पहिलो पटक आयोजना गर्न लागिएको नेवाः सर्ट फिल्म फेस्टिभलका लागि १७ वटा सर्ट फिल्महरु प्रतियोगितामा भिड्दैछ भने डकुमेण्ट्री विधामा भने तीनवटा मात्र फिल्म प्रतिस्पर्धामा छन् । यी दुबै विधामा एक-एक फिल्मलाई उत्कृष्ट फिल्मको रुपमा २५/२५ हजार पुरस्कार दिइने फेस्टिभल आयोजक समितिका सदस्य शैलेश राजभण्डारीले जानकारी दिए । 
 
पुरस्कार निर्णयार्थ फिल्म पत्रकार र निर्देशक विजयरत्न तुलाधरको संयोजकत्वमा एक निर्णायक मण्डल गठन गरिएको छ । निर्णायक मण्डलमा फिल्म सम्पादक मन्दिल श्रेष्ठ, ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ, छायाँकार दीपक बज्राचार्य, “राजमती” फिल्मकी अभिनेत्री हिसिला महर्जन र पत्रकार एवं साहित्यकार सुरेश किरण सदस्यका रुपमा रहेका छन् ।