मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 3.58/5.00)
Text size:-
+
-

आर्यन सिग्देल घाइते

फिल्मीखबर, काठमाण्डौ, 2014/09/03
डाक्टरले काम नगर्न दिएको सल्लाह नमानी फिल्मको छायांकन सकाउन तर्फ लाग्दा अभिनेता आर्यन सिग्देल घाइते भएका छन् । आज ललितपुरको बालकुमारीमा फिल्म 'आवेग'का लागि एक्सन दृश्य गर्ने क्रममा आर्यनको घुँडामा गम्भिर समस्या देखिएको हो ।
 
केही दिन अघि मात्र 'एमआरआई' गर्दा आर्यनको बाँया खुट्टाको घुँडाको 'लिगेन्ड्स' चुडिएको र कुरकुरे हड्डी भाँचिएको रिपोर्ट आएको  थियो । डाक्टरले फिल्ममा कुनै पनि गम्भिर दृश्य नगर्न भनेका थिए । तर आर्यनले ‘आवेग’को छायांकन सकेर मात्र अप्रेशन गर्ने मनस्थिती बनाएका थिए ।
 
'सुरुवातको दिनमा नै गाह्रो भएको थियो, तर पनि दशैंको अगाडि काम किन रोकिदिनु भनेर गरेको, आज निक्कै गाह्रो भयो', घरमै आराम गरिरहेका आर्यनले भने । उनले निकै दुखेको खण्डमा अप्रेशन गर्ने तर भोलीसम्म केहि कम भएमा ‘आवेग’को छायांकन सकेर मात्र अप्रेशन गर्ने  बताए ।
 
बसन्त निरौलाको निर्देशनमा तयार भैरहेको फिल्मको १० दिनको काम बाँकी छ । फिल्ममा आर्यनको क्लाइमेक्स फाइट, एक गीत र केही दृश्य बाँकी छ । आर्यनले तत्काल अप्रेशन गरेको खण्डमा २ महिना आराम गर्नुपर्ने हुन्छ । जसबाट पूर्णतया एक्सन दृश्य भएका ‘अलबिदा’, 'केसरी', 'सेभ द कन्ट्री'को छायांकन प्रभावित हुनेछन् ।