फिल्म ‘भुलभूलैया’को छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । योगेश घिमिरेको निर्देशनमा तयार भएको यो फिल्मको समाप्ती एक गीत थाती राख्दै गरिएको हो । अभिनेता जीवन लुईटेल शुक्रबार अमेरिकातर्फ लाग्ने भएपछि गीत छायांकन गर्न नसकिएको हो ।
दिनेश कुमार पोख्रेलको निर्माणमा तयार भएको यो फिल्ममा जीवनसहित नीता ढुंगाना, सोहित मानन्धर लगायतका कलाकारको अभिनय छ । फिल्मलाई यसअघिका आफ्ना फिल्म भन्दा स्तरिय बनाएको निर्देशक योगेश घिमिरेले दाबी गरेका छन् । फिल्मको कथावस्तु एक वुद्धाआश्रममा घुमेको छ । जहाँबाट प्रेम र द्धन्दको विकास हुन्छ ।
बाँकी रहेको एक गीतको छायांकन भदौ २८ गते गरिने निर्माणपक्षले जनाएको छ । बसन्त सापकोटाको संगीत रहेको यो फिल्मलाई चैत्र महिनामा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

