भोली शुक्रबारबाट देशका झन्डै ८० पर्दामा हिन्दी फिल्म 'मेरी कोम' लाग्ने बताईएको छ । नेपाल वितरक सुनिल मानन्धरले नेपाली अभिनेता सुनिल थापाको फिल्म भएकाले हलहरूले रिलिजको चासो देखाएको हुनाले ८० वटा जती पर्दामा 'मेरी कोम' लाग्ने रिपोर्ट दिए ।
हाल नेपालभरका अधिकांश हलमा 'कोहिनूर' फिल्म चलिरहेको छ । अझै धेरै पर्दाबाट यो फिल्म उत्रने सम्भावना न्यून छ । यता भोलीबाट नै नयाँँ नेपाली फिल्म 'बिर्खेलाई चिन्छस्' रिलिज हुँदैछ । अब सुनिलले दाबी गरे अनुसार 'मेरी कोम'ले ८० पर्दा पाउला त ? अर्का वितरक नरेन्द्र महर्जनले साँझको शो जोड्दा ८० पर्दा पुग्न सक्ने बताए ।
पर्दा जति नै होस्, बलिउड स्टार अभिनेत्री प्रियंका चोपडा र नेपाली अभिनेता सुनिल थापाको मुख्य अभिनय रहेको 'मेरी कोम' नेपाली दर्शकको लागि प्रतिक्षित फिल्म भने हुनसक्छ । किनकी नेपाली अभिनेताले बलिउडमा मारेको सफलताको छलाङलाई नेपाली दर्शकले साथ दिन सक्ने अनुमान छ ।

