Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अञ्जुले मागिन् माफी

फिल्मीखबर, काठमाण्डौ, 2014/09/04
हिन्दुवादी शब्द भएको गीत गाउन नसक्ने अभिव्यक्ति दिएर विवादमा तानिएकी गायिका अञ्जु पन्तले माफी मागेकी छिन् । मिडियामा आएका समाचारहरूले आफूलाई दु:खी बनाएको बताउंदै एक पत्र मार्फत अञ्जुले आफूबाट अञ्जानमा भूल भए माफ गर्दिन आफ्ना शुभचिन्तकलाई अनुरोध गरेकी छिन् । 
 
अञ्जुको हस्तलिखित पत्रमा लेखिएको छ, 'म तपाईंहरूकै गायिका अञ्जु पन्त, कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम मबाट हिजोका दिनमा पनि भएको थिएन आज पनि भएको छैन र भोलीका दिनमा पनि हुने छैन । मेरो बारेमा जे-जस्ता समाचारहरू आए त्योप्रति म निकै दु:खी छु । म यो भन्न चाहन्छु कि, सम्पूर्ण पत्रकार, नेपाली गीतसंगीत प्रेमी दर्शक स्रोता त धर्मालम्बीप्रति श्रद्धा गर्दछु। यदि मबाट जान अन्जान केही भूल भएको भए क्षमा चाहन्छु ।'
 
यस्तै अञ्जुले सम्पूर्ण धर्मालम्बीहरूलाई नजिकिंदै गरेको चाडपर्व सरल र सभ्य किसिमले मनाउन शुभकामना समेत दिएकी छिन् । उनले यस किसिमको अभिव्यक्ति दिनुले आफ्नो गल्ती स्विकारेको बुझ्न सकिन्छ । 
 
आफू क्रिश्चियन धर्म मान्ने भएकाले हिन्दुवादी शब्द उच्चारण गर्न नमिल्ने भन्दै सहदेव कोइरालाको शब्द तथा संगीतमा रहेको 'दुर्गा माताको आर्शिवादले सोचे जस्तै पुगोस्' बोलको गीत गाउन अञ्जुले अस्विकार गरेपछी उनी विवादमा मुछिएकी हुन् । यो अभिव्यक्तीलाई लिएर सामाजिक संजाल र मिडियामा चर्को आलोचना भएपछी अञ्जु झुकेकी हुन् । 
Most Visited News (monthly)