Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`चक्लेट`मा जे देखियो

फिल्मीखबर, काठमाण्डौ, 2014/09/04

बिहान सुनसान हुने दरवारमार्गको एक गल्लीमा बिहीबार भने होहल्ला भएको देखियो । मान्छेको आवतजावत काम भएपनि याक एन्ड एती होटलको गेट अगाडीको परिसरमा केही भीडभाड थियो । स-साना बालबालिकाहरू च्यातिएको पहिरनमा यताउती कुदेको देखिन्थ्यो भने केही भद्र भलाद्मीहरू आ-आफ्नै धुनमा व्यस्त देखिन्थे ।

खास किन यसरी बिहानै भीडभाड भयो त ? प्राय सुनसान रहने बाटोमा मान्छेको चलपहल देख्दा केहि उत्सुकता जाग्यो । नजिकै पुगें । माहोल बुझ्न के खोज्दै थिएँ, कालो रङको फेट गाडी मेरै नजिकै आएर रोकियो । कालै सुटमा एक जवान गाडी भित्रबाट बाहिर निस्के । आफ्नै चालमा कालो पहिरनमा नै सजिएकी एक युवतीको छेउमा पुगे । उनीहरू के बोले सुनिएन तर मेरै छेउबाट आवाज आयो, 'ओके, कट ।'

कुरा बुझियो । 'गैंडा' उपनामले चिनिने कलाकार तथा निर्माता निर्मल शर्माले निर्देशन गरिरहेको फिल्म 'चक्लेट'को एक दृश्यको छायाँकन चलिरहेको थियो । पेशाले सञ्चारकर्मी सुमन गैरे र एयर होस्टेज नम्रता झा उक्त दृश्यमा पैसाको कारोबार गर्दै थिए । द्धन्द निर्देशक कुमार महर्जनले यि दुईको अभिनयमा 'एक्सन' र 'कट' भन्दै थिए । अभिनयमा अनुभवी नभएपनि सानु कुमारलाई 'ओके टेक' लिन धेरै समय खर्चनु परेन ।

 

एक्सन शैलीको दुई सिन सके लगत्तै निर्देशक शर्माले बालबालिकाहरूको सट लिन शुरू गरे । 'पैसा दिनुन, हिजोदेखि केहि पनि खाएको छैन', यस्तै यस्तै डायलगहरू बोल्दै स-साना बालबालिकाहरूको साथमा अभिनेत्री पूजना स्त्रीले बाटोमा हिंडिरहेका मानिसहरूसँग हात फैलाएको सिन शर्माले 'चक्लेट'को लागि कैद गरे ।

 

अभिनेत्री पूजना स्त्रीको लगानीमा बन्दै गरेको फिल्म 'चक्लेट'मा सडक बालबालिकाको कथा उठाईएको छ । खुशी गुरुङ, प्रीतिमाया गुरुङ र केशव तामाङको लगानी रहेको 'चक्लेट'को ३० प्रतिशत सुटिङ सकिएको निर्देशक शर्माले जानकारी गराए ।

 

सुदीप बरालको छायांकन रहेको 'चक्लेट'मा डा. आयुष्मान घिमिरे, अनुज शाक्य, पुजना स्त्री, नम्रता झा, सुनीता ठाकुर, केशव भट्टराई र सुमन गैरेले अभिनय गर्नेछन् भने ७ जना बालबालिका पनि मुख्य भूमिकामा छन् । 

Most Visited News (monthly)