Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.80/5.00)
Text size:-
+
-

अञ्जु पन्तले हिन्दुबादी गीत गाउन नमान्नु कत्तिको जायज ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/04

पछिल्लो समय गायकीबाट केही ओरालो लागेकी गायिका अञ्जु पन्त अहिले एक विवादस्पद कामका कारण चर्चा र आलोचनामा घेरिएकी छिन् । नेपाली सांगीतिक क्षेत्रमा उचाइमा पुगेकी गायिका पन्तले एक गीतमा हिन्दुवादी शब्द भएको भन्दै गाउन मानिन् । यसकारण उनी अहिले बिबादमा छिन् ।
 
सहदेव कोइरालाको शब्द तथा संगीतमा रहेको गीत गाउन मञ्जुश्री स्टूडियो पुगेकी अञ्जुले शब्द हेरेपछि गाउन नमानेकी हुन् । 'दुर्गा माताको आर्शिवादले सोचे जस्तै पुगोस्' शब्द प्रयोग भएको गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गाउन मानिन् । उनले आफू क्रिश्चियन धर्म मान्ने भएकाले हिन्दुवादी शब्द उच्चारण गर्न नमिल्ने बताइन् । अञ्जुले भनेकी चाइना, 'मेरो धर्मले हिन्दू गीत गाउन दिँदैन । म त्यस्ता शब्दहरु गाउन सक्दिनँ ।'

 

अञ्जुको यो अभिव्यक्तीलाई लिएर यतिबेला सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । एकातिर कलाकारको पहिलो धर्म उसको कला हो भने अर्कोतिर अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष घोषणा गरेको छ । सोअनुसार नेपालका सबै धर्मावलम्बीहरु समान मानिन्छन् । तर, गायिका पन्तले हिन्दुवादी शब्द उच्चारण गर्न नमिल्ने भन्दै गीत नगाउने भनेपछि उनी एउटा कलाकार भएकाले यस्तो भन्नु गलत हो भन्ने खालका प्रतिक्रिया छरिएका छन् ।

 

बलिउडमा हेर्ने हो भने पनि मुस्लिम, ईसाइ, हिन्दु धर्म मान्ने कलाकारहरु धेरै छन् । तर आजसम्म कसैले पनि धर्मको पक्ष लिएको सुनिएको छैन । बलिउडका ३ चर्चित खान साहरुख, सलमान, आमिरले हिन्दु बनेर थुप्रै फिल्ममा काम गरेका छन् । मुस्लिम यूवतीसँग प्रेम गरेका छन् । गणपती बाबाको पूजा गर्न बलिउडका खानहरु पुगेको खबर धेरै नै सुनिन्छ ।

बलिउडका नायक साहरुख खानकी पत्नी गौरी हिन्दू धर्म मान्ने परिवारकी हुन् । साहरुखको घरमा हिन्दु धर्मालम्बीहरुको पर्वको अवसरमा धुमधामका साथ पुजा हुन्छ । मुस्लिम धर्मावलम्बीहरुको चाडमा गौरी पनि पुजा गर्छिन् ।

नायक सलमान खानले गणपती बाबाको पूजा गरेको यो तस्बिरले पनि कलाकार कुनै धर्मका हुँदैनन् भन्ने प्रष्ट पार्छ । गायिका अञ्जु पन्तले थुप्रै भजन गायकी छिन् । उनी पहिला हिन्दु धर्मावलम्बी नै हुन् । केही समयअघि मात्र क्रिश्चियन धर्म अंगालेकी अञ्जुले कलालाई समेत धर्ममा जोडेपछि यसको चर्को विरोध भएको हो ।

 

यदि अञ्जुको कुरालाई पछ्याउने हो भने उनले गाएका क्रिश्चियन गीत सुन्न अरू धर्मावलम्बीले इन्कार गरे भने अञ्जुको भोलिको हालत के होला ?

Most Visited News (monthly)