Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अम्बरे सौगातको मनमा प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2014/09/03
अभिनेता सौगात मल्लले आफ्नो मनमा प्रियंका कार्कीलाई राखेका छन् । उनी भन्छन्, 'यो मनमा हमेशा तिमी छाईरहन्छ्यौ, देख्दा मलाई सर्माइ रहन्छ्यौ ।' सौगातलाई प्रतिउत्तर दिंदै प्रियंका भन्छिन्, 'मेरै घरको छेउमा धाईरहन्छौ, हेरी मलाई मुस्कुराई रहन्छौ ।' 
 
 
प्रस्तुत शब्दहरू फिल्म 'श्री ५ अम्बरे'को गीतको हो । उक्त गीतमा सौगात र प्रियंका काल्पनिक संसारमा रमाएको देखिन्छ । डा कृष्णहरि बरालको शब्द तथा बसन्त सापकोटाको संगीतमा प्रल्हाद तिमल्सिना र मिलन अमात्यले गाएको प्रस्तुत गीतमा प्रियंका र सौगातलाई नरेश वीर सिंहले डान्सको स्टेप सिकाएका हुन् । 
 
समाजमा राजा बन्न चाहने एक पात्रको कथामा आधारित यो फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । अभिमन्यू निरवीको लेखन रहेको फिल्ममा सौगात र प्रियंकासँगै अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका छ । जीवनसाथी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘श्री ५ अम्बरे’ लाई डिसिएनले वितरणको जिम्मा लिएको छ । रिलिज मिती भने मंसिर ५ गतेका लागि तोकिएको छ । 
 

Most Visited News (monthly)