Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`मान्छे नचिनेर गल्ती गरें` : सुमिना घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2014/09/24
नेपाली फिल्म नगरीमा कुनै समय अभिनेत्री सुमिना घिमिरेको खुबै चर्चा थियो । मिडियामा आएसँगै मिनाबाट सुमिना बनेकी उनी भविष्यको सुपरस्टार बन्ने होडमा देखिएकी थिइन् । तर, उनको चर्चा हिजोआज सेलाएको छ ।
 
एक अनलाईन पोर्टलसँग कुरा गर्दै सुमिनाले राम्रो काम गरेपनि फिल्म क्षेत्रमा बेरोजगार हुने बताइन् । उनले फिल्म नगरीमा राजनीति धेरै भएको भन्दै क्षमता भन्दा पनि सम्बन्धले फिल्म पाइने बताएकी छिन् ।
 
लामो समयपछि मिडियामा आफ्नो मुख खोलेकी सुमिनाले राम्रो भूमिका पाउन कलाकार भन्दा पनि आफै निर्माता हुनुपर्नेमा जोड दिएकी छिन् । सम्भवत सुमिनाको यो चाहे अनुसारको भूमिका नपाउनुको पिडा पनि हुनसक्छ । 
 
फिल्ममा अभिनय गर्ने कलाकारको 'क्रेज' कम भएको उनको वुझाई छ । राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीलाई हेर्न जाने दर्शक अहिलेका कलाकारलाई हेर्न हलसम्म नपुगेको उनी बताउँछिन् । 
 
सुमिनाले आफ्नो विवाह भएको भन्ने खबर मिडियामा आएपछि निक्कै ठूलो दु:ख भोग्नु परेको सुनाइन् । उनले एक यूवती एकपटक मात्र छोरी र बुहारी बन्ने भएकाले विवाह भैसकेको खबरले आफ्नो भविष्य कस्तो हुने हो भन्ने चिन्ता लाग्ने जनाइन् । उनले आफ्नो विवाह भएको भनिएका पुरुष आफ्नो मामा भएको खुलाईन् । 
 
फेसबुकमा भएका २५ भन्दा धेरै फेक आइडीका कारण आफूलाई समस्या परेको उनको वुझाई छ । फेक आइडीमा आएका खबरलाई मिडियाले वुझ्दै नवुझी समाचार बनाएको भन्दै सुमिनाले आक्रोश पोखिन् । यसले आफ्नो भविष्यलाई असर पर्ने भन्दै दु:ख व्यक्त गरिन् ।
 
आफू एक व्यापारीसँगको प्रेममा रहेको भन्दै 'रंग बैजनी' हिरोइनले भगवानले जुराइदिए भने २ बर्षपछि बिहे गर्ने सोचाई राखेको खुलाएकी छिन् । मिडियामा बारम्बार विभिन्न किसिमका विवादमा फस्दै आएकी यी अभिनेत्रीले आफूलाई स्थापित गर्न मिडियाको ठूलो हात भएको भन्दै अहिले आफूलाई धेरै पछार्न लागेको गुनासो गरिन् । 
 
नभएको कुरा लेखिदिंदा एकदमै चित्त दुखेको उनले सुनाइन् । आफ्नो बारेमा आएका समाचार आफूले पचाएपनि परिवारले पचाउन नसकेको उनको भनाई छ । उनले मान्छे चिन्न नसक्दा आफूलाई अहिले अप्ठ्यारो भएको सुनाइन् ।
 
Most Visited News (monthly)