नेपाली राजनीतिमा एउटा छुट्टै स्थान बनाएका चर्चित राजनीतिज्ञ तथा साहित्यकार विपी कोइरालाले लेखेको चर्चित उपन्यास 'तीन घुम्ती'मा बन्न लागेको फिल्म 'तीन घुम्ती'मा अभिनेता जीवन लुईटेल र अभिनेत्री गरिमा पन्तले अभिनय गर्ने पक्का भएको छ ।

तिहार लगतै सुटिङ शुरू हुने यो फिल्मलाई बाबुराम ढकालले निर्देशन गर्दैछन् । कर्मा प्रोडक्शनको ब्यारनमा निर्माण हुन लागेको यो फिल्ममा 'ठूली'मा जोडी जमाउन नसकेका जीवन र गरिमा सहित 'मोक्ष' फिल्मबाट तारिफ पाएका कोशीस क्षेत्रीले अभिनय गर्नेछन् । फिल्ममा जीवन 'पिताम्बर', गरिमा 'इन्द्रमाया' र कोशिश 'रमेश' नामका पात्रको रुपमा देखिदैछन् ।
वसन्त सापकोटाको संगीत, कृष्णहरी बरालको शब्द, बिपिन मल्लको सम्पादन रहने यस फिल्मको पटकथा तथा संवाद सामीप्य तिमल्सिनाले लेखेका हुन । निर्देशक ढकालले चर्चित कृतीमाथि फिल्म बनाउनु चुनौतीपूर्ण रहेकाले मेहनतकासाथ काम गर्ने बताए ।

