मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२ बर्षपछि फर्केर पुन्टे संयमले के पाए ?

फिल्मीखबर, काठमाण्डौ, 2014/09/23
हालै मात्र आयोजना भएको एक कार्यक्रममा निर्देशक दीपेन्द्र के खनालले नेपालमा कलाकार नभएकाले फिल्मको कथा नै राम्रो बनाउनुपर्ने कथन राखे । दीपेन्द्रको यो भनाइले नेपालमा स्टारडम बोकेका कलाकार नहुँदा निर्माताले लगानी गरेपनि फिर्ता आउन नसकेको भाव बोक्छ ।
 
 
एउटा फिल्म हिट हुने वित्तिकै आफूलाई स्टार सोच्ने कलाकारका कारण नै बजारमा अभाव सिर्जना भएको हो । केही समय अघि एक मिडियासँग कुरा गर्दै अभिनेत्री गरिमा पन्तले आफूहरु कलाकार मात्र बनेको स्टार बन्न नसकेको स्विकार गरेकी थिइन् । अभिनेता राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, रेखा थापापछि दर्शकलाई हलसम्म तान्ने कलाकारको नेपालमा अभाव भएको प्रष्ट देखिन्छ ।
 
फिल्म 'सायद' चलेपछि कलाकार संयम पुरी बजारमा एकाएक हिट भए । उनलाई लिएपछि फिल्म चलिहाल्छ भन्ने सोचाई निर्माता तथा निर्देशकको भयो । तर, भइदियो उल्टो । २ बर्षपछि हलमा उनी 'पुन्टे परेड' मार्फत आए । बिडम्बना, 'पुन्टे परेड' बर्षकै सुपरफ्लप फिल्म बन्यो । रिलिजको दुई दिनमा नै यो फिल्म धेरै हलबाट उत्रियो । 
 
फिल्मको मुख्य पात्र नै संयम भएकाले उनको फेसभ्यालुले २ दिन दर्शकलाई तान्न सक्नु पर्ने थियो । सोचे अनुरूप भएन । संयमको यो फिल्म पूर्ण रुपमा असफल भएपछि 'लभ सव' र 'आभाष' उनका लागि भरोसामा छन् ।
 
उसो त पुन्टे नचल्नुको कारण संयम मात्र हैनन् । निर्देशक सुवास कोइरालाको निर्देशन र निलु डोल्माको कन्सेप्ट पनि फेल खायो । अरुको फिल्मलाई फिल्म नै हैन भन्दै फुर्ती गर्ने सुवास निरन्तर ३ फिल्ममा चिप्लिए । फ्लप फिल्ममा 'ह्याट्रिक' गरेका सुवास ले अब भने केही सिक्छन् कि !