
नेपाली फिल्म क्षेत्रमा बलियो सम्भावना बोकेर फिल्म ‘होस्टेल’बाट उदाएकी प्रकृति श्रेष्ठले केहि साता अगाडी गुपचुपमा बिहे गरिन् । करिब पाँच वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका सुदिप न्यौपाने नाम गरेका प्रेमीसँग पारिवारिक जमघटका बिच प्रकृतिले बिहे गरेकी थिइन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्का बिनै फिल्म ‘कोहिनूर’ को प्रेसमिट आयोजना गरियो । दिल्लीमा उपचारपछि आराम गरिरहेका श्रीकृष्णलाई सम्झिएर निर्देशक आकाश अधिकारी प्रेसमिटमै भक्कानिए ।

अभिनेत्री वेनिशा हमालल आफ्नो जन्मदिन अनाथ बालबालिका र एकल महिलासँग मनाएकी छिन् । जन्ममिति साउन १० गते चितवन गृह नगरमा रहेको अनाथ गृहमा वेनिशाले जन्मदिनको केक काटिन् अनि खुसीयाली मनाइन् ।

फिल्म ‘सम्बोधन’ को पहिलो प्रेसमिटमा अभिनेत्री नम्रता श्रेष्ठको पहिरनले ध्यान खिच्यो । कुमारी हलको बिहानी प्रेसमिटमा नम्रता ‘कुल कुल’ भएर पुगेकी थिइन् । ‘सम्बोधन’ को पोस्टर अनि नम्रताले पहिरीएको पहिरन तुरुस्तै थियो ।

सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘सम्बोधन’लाई सफलताको शुभकामना दिएका छन् । फिल्मको गीत तथा ट्रेलर हेरेपछि कुमारी हलमा नेपाल सरकारका प्रवत्ता समेत रहेका मन्त्री रिजालले यो फिल्मले सफलता पाउने समेत विश्वास व्यक्त गरे ।

'हिम्मतावली' फिल्मको सुटिङ गरिरहेका बेला विभिन्न आरोप लगाउँदै सुटिङ सेटबाट रेखा थापाले निकालेकी निर्देशक श्याम भट्टराईलाई छवि ओझाले च्याप्ने निर्णय गरेका छन् ।

