मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिकमा `एउटा साथी`| रूचाईयो संगीत

फिल्मीखबर, काठमाण्डौ, 2014/09/23
अन्तत: संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म 'एउटा साथी'को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म आउँदो कात्तिक १४ गतेबाट प्रदर्शनमा आउने मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  
 
 
 
कार्यक्रममा फिल्मको प्रदर्शन मितिसँगै दुई गीतको दृश्य पनि सार्वजनिक गरिएको थियो । अनु शाह र जोन तामाङले अभिनय गरेको ‘खाली खाली थियो मन’ र सलोन बस्नेत र रिस्ता बस्नेतले अभिनय गरेको 'सितल पवनलाई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो हेरेपछि संचारकर्मीहरुले राम्रो रहेको प्रतिक्रिया दिए ।
 
अभिनेत्री रिस्ता बस्नेत तथा अभिनेताद्धय जोन तमाङ र सलोन बस्नेतले फिल्ममा काम गर्दाको अनुभव सुनाए भने निर्देशक लक्ष्मण सुवेदीले आफ्नो तर्फबाट सक्दो मेहनत गरेर राम्रो फिल्म बनाउने कोशिस गरेको बताए । 
 
 
 
सुशिल पंगेनीको लेखन, गणेश कुमार श्रेष्ठको छायांकन, टंक बुढाथोकीको संगीत, राजेन्द्र खड्गीको द्धन्द निर्देशन रहेको फिल्ममा राम खनालको लगानी छ । शिशिर भण्डारी, करिष्मा श्रेष्ठको समेत अभिनय रहेको फिल्मले माया, प्रेम र मित्रताको कथा बोल्छ ।