Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुदर्शनको अगाडी `उत्ताउली` सुष्मा

फिल्मीखबर, काठमाण्डौ, 2014/09/24
मंगलबार आयोजना भएको एक कार्यक्रममा अभिनेत्री सुष्मा कार्की र निर्देशक तथा अभिनेता सुदर्शन थापालाई पर्नु आपत्त पर्‍यो । कार्यक्रम हलमा प्रवेश गरेकी सुष्मा सुदर्शनलाई देखेपछि अप्ठ्यारो मान्दै कुर्चीमा बसिन् । उनी सबैसँग मुसुक्क हाँस्दै हेल्लो भन्दै थिइन् । सुष्माले सुदर्शनलाई कुनै वास्ता गरिनन् । यता सुदर्शन पनि सुष्मासँग आँखा मिलाउन चाहेनन् ।  
 
हुनसक्छ, सुदर्शनलाई देखाउन सुष्मा उत्ताउलो बनिन् । पाइन्ट र टिसर्टमा आकर्षक देखिएकी सुष्माले छेउमै रहेकी झरना थापाको हात चुमिन् । नृत्य निर्देशक बसन्त श्रेष्ठलाई अंकमाल गरिन् । उनको क्रियाकलाप सुदर्शनलाई तड्पाउने खालको नै देखियो । 
 
कुनै समय एक अर्काविना रहन नसक्ने सुष्मा र सुदर्शन अहिले अलग-अलग बाटोमा छन् । दुई जनाबिच न त कुनै बोलचाल छ, न हाई हेल्लो नै । बोलचाल बन्द भएर बसेको यो पूर्व जोडीलाई कार्यक्रम हलमा देखादेख भएर बस्न गाह्रो भयो ।
 
यतिबेला सुष्मा निरन शाहीसँगको सम्बन्धबाट पनि अलग भएर एक्लै छिन् । यता, सुदर्शन भने अभिनेत्री पूजा शर्माको प्रेममा रहेको चर्चा छ । 
Most Visited News (monthly)