Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोमल ओलीलाई बामदेब गौतमको कर्के नजर

फिल्मीखबर, काठमाण्डौ, 2014/09/24
नारी एउटा फूल जस्तै हुन् । फूलको सौन्दर्यले आकर्षित नहुने को नहोला र ? उपप्रधान तथा गृहमन्त्री बामदेब गौतम पनि फूलको सुन्दरताबाट मोहित भएरै छाडे । उनी कस्को सुन्दरतामा मोहित देखिए त ? गायिका तथा अभिनेत्री कोमल ओली नै त्यो फूल हुन् जसको सुन्दरतामा बामदेब लठ्ठिए । 
 
 
प्रसङ्ग हो बुधवार राजधानीमा आयोजना गरिएको अभियान सम्मानको । नेपाली कलाको क्षेत्रमा क्रियाशील अभियान नामक संस्थाले ३१ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको अभियान श्री सम्मानमा प्रमुख अतिथी बनेका मन्त्री गौतमले ओलीलाई सम्मान गर्ने क्रममा निकै घोरिएर हेरे । बामदेबले एकटकले हेरेपछि कोमल लजाईन् । 
 
सम्मान गर्ने क्रममा बामदेबले कोमलसँग कानेखुसी पनि गरे । के कुरा गरे तिनै जानुन् । बामदेबले कोमलको सुन्दरताको नेत्रपान गरेर मज्जा भने लिए । अन्य व्यक्तिलाई सम्मान गरेपश्चात फर्केर नहेरेका गौतमले कोमललाई भने फर्की फर्की हेरे । 
 
 
संगीतकार सम्भुजित बाँस्कोटालाई 'संगीत रत्न' तथा कलाकारहरू दीपाश्री निरौला, विश्व बस्नेत, पुरन जोशी, देभेन गिरी, गायक आनन्द कार्की, छायाँकार जयसिंह शाह र पत्रकार प्रकाश सुवेदीलाई 'अभियान श्री'बाट सम्मान गरेका मन्त्री गौतमले कलाका निम्ति बाँच्ने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । 
 
कार्यक्रममा बोल्दै गौतमले भने, 'म पनि कलाकार हुन चाहेको मान्छे हो । त्यसले कलाकारहरूप्रति म सधैं नतमस्तक छु ।' आफू पनि गीतकार भएको बताउँदै आफ्नो तर्फबाट कला क्षेत्रको लागि सहयोग गर्न सधैंं तयार रहेको गौतमको भनाइ थियो । यता अभियानका अध्यक्ष कृष्ण मल्लले ३१ औं बार्षिकोत्सव मनाउन पाउँदा र निरन्तर कलाकर्मीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।  
 
 
 
 
 
 
 
Most Visited News (monthly)