Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

`शिल्पाले प्रपोज गरे `ओके` भन्छु` : छविराज ओझा

फिल्मीखबर, काठमाण्डौ, 2014/09/25
फिल्म चलाउन निक्कै सिपालु मानिएका निर्माता छविराज ओझा नायिका रेखा थापासँग टाढा भएपछि एक्ला भएका छन् । उनको मन बहलाउने साथी कोही पनि छैनन् । यसैले, अब उनी बिहेको सोचमा छन् ।
 
 
‘लज्जा’ डेब्यू हिरोइन शिल्पा पोख्रेललाई उनी मनैदेखि माया गर्छन् । सायद, यसैले शिल्पाले हुन्छ भने बिहे गर्ने सोचाई उनको छ । रजतपट नामक टेलिभिजन कार्यक्रममा कुरा गर्दै छविले आफूलाई साथी चाहिएकाले शिल्पाले हुन्छ भने आफू हाम फालेरै जाने खुलाएका छन् । 'शिल्पा जस्तो राम्रो केटीले प्रपोज गरे 'ओके' भनिहाल्छु नि !', छबिले भने । 
 
शिल्पा पोखरेल भने छविसँग तत्काल बिहे गर्ने सोचाइमा छैनन् । छबिसँग जीवनभर राम्रो साथी बनेर अगाडि बढ्ने बताउँदै शिल्पा भन्छिन्, 'मैले यो बारेमा सोच्नै पर्छ । उहाँले कुर्न सक्नु हुन्छ या हुन्न त्यो उहाँको कुरा हो ।' बिहे गरेको खण्डमा आफूलाई छविले खुबै माया गर्छन् भन्ने शिल्पालाई थाहा छ । 
 
छविको नजरमा अहिलेकी नम्बर १ नायिका शिल्पा नै हुन् । उनले रेखा थापा भन्दा पनि शिल्पालाई नै नम्बर १ भनेका छन् । उनी भन्छन्, 'मेरो नजरमा अहिलेको नम्बर वान अभिनेत्री शिल्पा नै हो ।'
 
नवल नेपालले निर्देशन गरेको फिल्म ‘लज्जा’ कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यसैले पनि छविले फिल्म चलाउन शिल्पासँग बिहेको चर्चा रोजेको हुनसक्छ । उनले ‘हवल्दार सुन्तली’ पछि शिल्पालाई लिएर ‘लंका २’ बनाउने तयारी समेत थालेका छन् । 

Most Visited News (monthly)