Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकारको `झरी`

फिल्मीखबर, काठमाण्डौ, 2014/09/24
फिल्म पत्रकार एवं फिल्म निर्देशक डब्बु क्षत्रीले आफ्नो एकल रचनामा श्रृङ्गारिक गजल सँग्रह 'झरी' स्रोतामाझ ल्याएका छन् । जसमा जुगल डँगोलको एकल संगीत रहेको छ ।
 
 
नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा र गीतकार डा. कृष्णहरि बरालले बुधबार राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा एक समारोह माझ गजलसँग्रह 'झरी'को बिमोचन गरे ।
 
आफुसँग केही फिल्ममा काम गरेका क्षत्रीको 'झरी' भित्रका गजल कर्णप्रिय रहेको संगीतकार बाँस्कोटाले बताए । नेपाली गीतसंगीतको पाईरेसी रोक्न प्रज्ञा प्रतिष्ठानका तर्फबाट आफुले सक्दो कोशिस गर्ने उनले बताए ।
 
 
डा. कृष्णहरि बरालले गजलको महत्व बारे प्रकाश पार्दै गीत लेखनको दुई दशकपछि ढिलै भए पनि क्षत्रीले स्तरीय गजल ल्याएको बताए । 'राहदानी' फिल्म निर्देशक तथा गलजकार डब्बु क्षत्रीले यो संग्रह तयार गर्न पाँच वर्ष लागेको जानकारी गराए ।
 
बिमोचन समारोहमा 'झरीले रूझ्दा पनि' बोलको गजलको भिडियो रिलिज गरिएको थियो । क्षत्री आफैंले निर्देशन गरेको यो भिडियोमा नविन लम्साल र रुपा खनालको अभिनय छ । 
Most Visited News (monthly)