निर्माताबाट निर्देशक बनेका मुनाल घिमिरेको ‘इच्छा’को रिलिज मिति तय गरिएको छ । यो फिल्म अगामी माघ २ गतेबाट अलनेपाल रिलिज हुनेछ ।
फरक पुस्ताको फरक सोच र चाहनालाई कथाबस्तु बनाइएको फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भईरहेको निर्देशक घिमिरेले जानकारी गराए । फिल्ममा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकाश पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतको अभिनय रहेको छ ।
दाङ, भैरहवा, काठमण्डौ, धुलिखेल लगायतको स्थानमा सुटिङ गरिएको 'इच्छा'मा गम्भिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्धन्द तथा प्रकाश घिमिरेको लेखन रहेको छ । रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेल फिल्मका निर्माताहरू हुन् ।

