मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रंग बैजनी’को अर्को गीत सार्वजनिक गरिएको छ । ‘नहेरन त्यसो गरी’ बोलको गीतलाई शित्तल मोक्तानले गायकी छिन् जसमा सुमिना घिमिरे र दिक्पाल कार्कीले अभिनय गरेका छन् ।
रमण घिमिरेको शब्द, दिप प्रधानको संगीत तथा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको प्रस्तुत सार्वजनिक गीतमा निर्देशक शम्भु प्रधानले पनि अतिथी भूमिका निर्वाह गरेका छन् । फिल्ममा सुमिना र दिक्पालको साथमा गरिमा पन्तको पनि मुख्य भूमिका छ । शम्भु प्रधानले निर्देशन गरेको यो फिल्मलाई नुतन प्रधानले निर्माण गरेकी हुन् ।

