मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोको शरीरमा पोतियो `सरी ल`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/17
फिल्म प्रचारका लागि कलाकारहरु विभिन्न उपाय अपनाउने गर्दछन् । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'सरी ल'को निर्माण यूनिटले पनि कलाकार राजन खतिवडालाई प्रचारका लागि नयाँ रुपमा उतार्यो । 
 
 
राजनले शरीरमा कालो र सेतो रंग पोतेर 'सरी ल' लेखे । उनको यो तरिकालाई उपस्थित पत्रकारहरुले प्रशंसा गरे । तिहारको शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा राजनको गेटअप हाइलाइटमा बन्यो । 
 
 
कार्यक्रममा बोल्दै निर्देशक ऋषि लामिछानेले 'सरी ल' दर्शकको रोजाईको फिल्मा रहेको बताए । कृष्णबहादुर महर्जनको निर्माणमा बनेको फिल्मलाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन्  ।
 
 
फिल्ममा सुवास थापा, अनिता आचार्य, राजन खतिवडा र मार्टिन खान मुख्य भूमिकामा छन् ।  तिहारको छेकोमा प्रेसमिट गरिएकाले अनामनगरस्थित मण्डला थिएटरको सभाकक्षमा दियो बाल्दै झिलिमिली बनाइएको थियो ।