मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नगरकोटमा `सत्यदीप`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/17
गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने बिषयबस्तुमा निर्मित फिल्म 'सत्यदीप' छायाँकनको अन्तिम चरणमा छ । पुष्कर घिमिरेले यो फिल्मलाई निर्देशन गर्दैछन् ।  
 
फिल्म 'सत्यदीप'को शुक्रबार नगरकोट आसपासका स्थानमा छायांकन गरियो । दशैं अगाडि नै अधिकांश छायांकन सकिएको यो फिल्मको अहिले बाँकी रहेको दुई गीतको छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी गराए ।
 
सांगीतिक लभस्टोरी फिल्म 'सत्यदीप'मा ४ गीत समावेश छन् । जसको संगीत अर्जुन पोखरेलले भरेका हुन् । फिल्मको संगीतले दर्शकको मन छुने संगीतकार पोखरेलको दाबी छ । 
 
बि.आर फिल्मस् प्रालिको ब्यानरमा निर्मीत यो फिल्मका निर्माता बिनयराम श्रेष्ठ हुन् । फिल्ममा रबि गिरी, उमा बेबी, दिव्यश्वर गौतम, सबिना केसी, श्याम केसीलगायतका कलाकार मुख्य भूमिकामा छन् ।