मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

नेपाली भूमिमा जरिनको `क्याट वाक`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/17
बलिउड कलाकारहरु नेपाल आउने क्रम जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएलगतै कलाकारको उपस्थिती बाक्लिन थालेको हो । यसैक्रममा शनिबार सोल्टी होटलमा आयोजना हुन लागेको फेशन शोमा सहभागी हुन बलिउडकी नायिका जरिन खान नेपाल आएकी छिन् ।
 
 
आयोजक पनाचे ग्यालेक्सी अफ स्टार्सको आयोजनामा हुन लागेको कार्यक्रममा जरिनले विशाल कपुरको पहिरन लगाउने छिन् । जरिन भोली आयोजना हुने कार्यक्रममा लेहेङ्गा र सारी लगाउने वुझिएको छ । 
 
जरिनले आफू पहिलो पटक नेपाल आएको भन्दै विभिन्न स्थान घुम्न मन लागेको बताइन् । नेपालको हिमालहरु घुम्न मन लागेको जरिनको भनाई थियो । तर, २ दिनका लागि मात्र नेपाल आएकी जरिनका सबै चाहना पुरा हुन संभव छैन । पत्रकारसँग कुरा गर्दै जरिनले आफू नर्स बन्न चाहेपनि फिल्ममा प्रवेश गरेको खुलाइन् । 
 
अर्का कलाकार एजाज खान भने पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन् । उनी भोली आयोजना हुने फेशन शोमा जरिनसँगै क्याट वाक गर्नेछन् । शनिबार सोल्टी होटलमा आयोजना हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरु निशा अधिकारी, विजय लामा, ईशानी श्रेष्ठ, निलम चन्द, रेश महरठ्ठाले र्याम्पमा जादु देखाउने छन् ।