मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेमराज जेरी, दोहोरिएला क्रेज फेरी ?

फिल्मीखबर, काठमाण्डौ, 2014/10/20

फिल्म 'होस्टेल' निर्देशन गरेर एकाएक चर्चामा आएका निर्देशक हेमराज बिसी अहिले 'जेरी' मार्फत दर्शकमााझ आउँदैछन् । अनमोल केसीलाई दोश्रो पटक पर्दामा लिएर उनले जेरी बनाएका हुन् ।

'जेरी'को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ । यसको ट्रेलरलाई दर्शकले मन पराइसकेका छन् । यसैले पनि हेमराज 'होस्टेल' क्रेज पनि दोहोरिनेमा ढुक्क छन् । यता 'होस्टेल'मा देखिएको अनमोल केसीको फ्यान यो फिल्मबाट फेरि बढ्ने आशा गरिएको छ ।

कात्तिक २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले माया प्रेमको बिषयलाई उठान गरेको छ । अनमोल केसीको प्रेम र विछोडलाई फिल्मले लोभलाग्दो तबरले पेश गर्न खोजेको छ । अनमोल र एन्ना शर्माको मुख्य भूमिका रहेको यो फिल्मलाई मनोज शेरचनले निर्माण गरेका हुन् ।