फिल्म ‘छ एकान छ’मा एकसाथ काम गर्ने भनेर भने अन्त्यमा टाढा भएका कलाकार विल्सन विक्रम राई अन्तत: दीपकराज गिरीको ‘वडा नम्बर ६’मा भने देखिने भएका छन् । ‘छ एकान छ’मा काम गर्ने भनेर पनि कुरा नमिलेपछि टाढा भएका विल्सन दीपकसँग नजिक देखिएका हुन् ।
हङकङमा आयोजना हुन लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’ दीपक र विल्सन अंकमाल गर्दै गरेको अवस्थामा भेटिए । एक फिल्मले टाढा बनाएको यी दुइको सम्बन्धलाई अब भने अर्को फिल्मले नजिक बनाउने देखिएको छ ।
फिल्म ‘प्रोड्यूसर’ असफल भएपछि विल्सनलाई एक सफल फिल्म चाहिएको अवस्था छ । यसैले पनि उनले दीपकराजको दोश्रो फिल्ममा काम गर्न अग्रसर भएको हुनसक्छ । यता दीपकले पनि विल्सनको क्रेजलाई आत्मसाथ गरेको बुझिन्छ । उज्वल घिमिरेले निर्देशन गर्न लागेको यो फिल्मका लागि ‘छ एकान छ’का हाँस्यकलाकारहरु दोहोरिने चर्चा छ ।