Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.89/5.00)
Text size:-
+
-

हङकङमा रेड कार्पेट | अभिनेत्री आउँदा अभिनेता कता ?(फोटो फिचरसहित)

सुमन गैरे, हङकङ, 2014/10/20

नेपाली फिल्म क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको नेफ्टा फिल्म अवार्डको सातौं संस्करण हङकङको ‘वीपी इन्टरनेशनल होटल’मा सुरु भईरहेको छ । अवार्डको रेड कार्पेटमा हङकङ बासी नेपालीहरू माझ नेपाली फिल्मकर्मीहरूले आफ्नो क्रेज देखाए ।

 


नेपाली फिल्म क्षेत्रका झण्डै ९० फिल्मकर्मीको सहभागीता रहेको यो अवार्ड समारोहको शुरूवात अभिनेता राजेश हमालबाट गरिएको छ । राजेशले कविता वाचन गरेर कार्यक्रमको शुरूवात गरे । कार्यक्रमका प्रमुख अतिथी सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल रहेका छन् ।
 
अभिनेता राजेश हमालदेखि अभिनेत्री करिश्मा मानन्धरसम्म आकर्षक पहिरनमा रेड कार्पेटमा देखिए । अभिनेत्रीहरू रेड कार्पेटमा देखिंदा यहाँं उपस्थित अभिनेताहरू भने ढिलो गरी हलमा प्रवेश गरे । जसले गर्दा उपस्थित दर्शकसामु उनीहरूको क्रेज देख्न सकिएन ।  

हङकङको ‘वीपी इन्टरनेशनल’ होटलको हलमा सुरु भएको अवार्ड समारोहको औपचारिक उद्घाटन सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले गरेका छन् ।

 

 

 

 

 

 

 



 

Most Visited News (monthly)