मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

महङ्गो रकममा हङकङमा अवार्ड

फिल्मीखबर, हङकङ, 2014/10/20

नेपाल चलचित्र प्राविधिक संघले आज बेलुकी आयोजना गर्न लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’ भव्य रुपमा हुँदैछ । हङकङको चार तारे होटल ‘वीपी इन्टरनेशनल’मा फिल्मकर्मी छन् जो अवार्डलाई भव्य बनाउन आ-आफ्नो तर्फबाट लागिपरेका छन् ।

अवार्ड समारोहमा सहभागी हुनका लागि नेपाली फिल्म क्षेत्रका चर्चित फिल्मकर्मीहरू हङकङ आइपुगेका छन् । अभिनेता राजेश हमाल, जीवन लुइटेल, आर्यन सिग्देल, सौगात मल्ल, गौरव पहारी, दयाहाङ राई हङकङ आइपुगेका छन् । यस्तै अभिनेत्रीहरू करिश्मा मानन्धर, झरना थापा, नम्रता श्रेष्ठ, ऋचा शर्मा, नीता ढुंगाना, मलिना जोशी पनि अवार्डमा सहभागी हुनेछन् ।


हाँस्यकलाकारद्धय दीपकराज गिरी र विल्सन विक्रम राई, फिल्मीकर्मीहरु निर शाह, शम्भुजित बास्कोटा, उद्धव पौडेल, केशव भट्टराई पनि हङकङमै छन् । नेपाली फिल्मको प्रतिष्ठित अवार्डलाई भव्य बनाउन कुनै कसुर बाँकी नराखिएको निर्माता सुनिलकुमार थापाले जानकारी दिए । नेपाल चलचित्र प्राविधिक संघसँग सहकार्य गर्दै सुनिलको एस.के प्रोडक्शनले अवार्डको जिम्मा लिएको हो ।


नेपाल चलचित्र प्राविधिक संघका अधिकांश कार्यसमिती सदस्यहरु अवार्ड व्यवस्थापनमा कुनै कमी नहुन लागिपरेका छन् भने हङकङमा रहेको ग्रेट पर्फेक्ट कम्पनीले पनि अवार्डलाई भव्य बनाउने जनाएको छ । अधिकांश फिल्मीकर्मी हङकङमा आइपुगेपछि यहाँ रहेका नेपालीहरु पनि उत्साहित देखिएका छन् ।


करिब साढे २ करोडको बजेटमा हुन लागेको अवार्ड समारोहका लागि ‘वीपी इन्टरनेशनल होटल’मा रहेको हललाई बुकिङ गरिएको छ । फिल्मकर्मी निर शाहले हङकङमा हुन लागेको अवार्ड नेपाली फिल्म क्षेत्रको अहिलेसम्मकै महंगो इभेन्ट हुने बताए ।