शोभित बस्नेतलाई फिल्म निर्माणको मेसिन नै भनिन्छ । फिल्म सफल होस् या असफल, उनी निर्देशन गरि नै रहन्छन् । यसैक्रममा शोभित २८ औं फिल्म 'झिल्के' निर्देशनमा लागेका छन् ।
'झिल्के' फिल्मको छायांकन सुरु भईसकेको छ । आफ्नै छोरा सलोन बस्नेतलाई झिल्के बनाउँदै शोभितले फिल्म बनाउन लागेका हुन् । निर्माता समेत आफै रहेका उनले करिश्मा श्रेष्ठ, गौरी मल्ल, विजय लामा, भानुप्रताप, कविता घिसिङ, एलिना लगायतलाई कलाकारको रुपमा लिएका छन् । यो फिल्मलाई शोभितले आफै निर्माण गर्दैछन् ।
फिल्ममा कृष्ण श्रेष्ठको छायांकन, अष्ट महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको नृत्य, शोभित बस्नेतकै कथा रहनेछ । भविष्यको बारेमा सोच्न छोडेर अहिलेका यूवापूस्ता मोजमस्तीमा लागेको बिषयमा फिल्म बन्नेछ । यो फिल्मको एक गीतको छायांकन तिहारको अवसर पारेर काठमाण्डौको दरबारमार्गमा गरिएको छ ।

