Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

`लज्जा`को व्यापारबाट आर्यन र शिल्पा दंग

फिल्मीखबर, काठमाण्डौ, 2014/10/27
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लज्जा'ले अपेक्षित भन्दा राम्रो व्यापार गरेपछि निर्माता छबि ओझासँगै अभिनेता आर्यन सिग्देल र नव अभिनेत्री शिल्पा पोखरेल दंगिएका छन् । 'लज्जा'ले ३ दिनमा ७५ लाख माथिको व्यापार गरेको रिपोर्ट छ । 
 
 
पछिल्लो बर्षका फिल्ममा हिट हुन नसकेका आर्यनको यो बर्ष 'नोभेम्बर रेन' हिट भयो भने 'लज्जा' पनि हिट हुने दौडमा छ । यसले गर्दा आर्यन बर्षका हिट हिरो हुने देखिन्छन् । यस्तै पहिलो फिल्मबाट नै नव अभिनेत्री शिल्पालाई सफलता मिल्ने देखिएको छ । जसले गर्दा उनमा खुसीको सिमा छैन । 
     
फिल्म रिलिजको चौंथो दिनमा पनि 'लज्जा'को व्यारमा गिरावट देखिएको छैन । गत बर्ष 'लोफर'बाट घाटा खाएका निर्माता ओझालाई 'लज्जा'ले मुनाफा दिने संकेत देखाएको छ । 'माउथ पब्लिसिटीले दर्शक दिन प्रतिदिन बढेका छन्,' निर्माता ओझाले भने, 'यो फिल्मबाट राम्रै फाईदा हुने देखेको छु ।'
 
गुण सिनेमा हलमा आज सोमबार आयोजना गरिएको प्रेस शोमा निर्माता ओझाको मुहारमा खुशी छाएको प्रस्ट झल्किन्थ्यो । नारी बिषयबस्तुमा बनेको 'लज्जा'मा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भूमिकामा छन् । महिलाको कथा रहेकाले फिल्म हेर्न महिला दर्शक ज्यादा हलमा देखिएका छन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)