Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

आवेग गीत | `सोल्टीले नाचेको लास्ट राम्रो`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/27
फागुन १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आवेग’को पहिलो गीत सार्वजनिक गरिएको छ । पाटन मन्दिर र दशरथ रंगशालामा छायांकन गरिएको ‘सोल्टीले हेरेको लास्ट राम्रो’ बोलको गीत सार्वजनिक भएको हो ।
 
 
गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, ध्रुब दत्त, पवित्रा आचार्य, अर्चना देलालले डान्स गरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको प्रस्तुत हीतमा टंक बुढाथोकीको संगीत, सूर्य कार्कीको शब्द तथा संगीतकार बुढाथोकी र मनिषा पोख्रेलले स्वर दिएका छन् ।
 
बसन्त निरौलाले निर्देशन गरेको यो फिल्मलाई सूर्य कार्कीले निर्माण गरेका हुन् । प्रेम कथामा बनेको एक्सन प्रधान फिल्मलाई मसलेदार बनाउन खोजेको निर्देशक बसन्त निरौलाले जनाएका छन् । 

Most Visited News (monthly)