
राजनीतिज्ञ तथा साहित्यकार स्वर्गिय विश्वेश्वरप्रसाद कोइरालाले लेखेको चर्चित कृती 'तीन घुम्ती’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । ‘बीपी कोइराला स्मृति ट्रस्ट’सँग निर्माणको अनुमती लिएर बाबुराम ढकालले यो फिल्मको निर्देशन गर्दैछन् ।

भाद्र १३ गते रिलिज हुने भनिएको फिल्म 'नाइके' असोज ३ गतेका लागि गरेको छ । केहि प्राबिधिक कठिनाईले फिल्मको रिलिज पोस्टपोण्ड गरेको निर्माण युनिटले जनाएको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस एण्ड साइन्सेसद्वारा सन् २०१५ फेब्रुअरी २२ तारीखका दिन संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा आयोजना हुने ८७औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्)का लागि विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितीले 'झोला' फिल्म छनोट गरेको छ ।

पूर्व घोषणा अनुसार चलचित्र समिक्षक समाजले ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’ वितरण गरेको छ । अनामनगर स्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले विजेताहरुलाई अवार्ड हस्तान्तरण गरे ।

'पहिलो फिल्मबाट नै एक्टिङ सिकें र अझै सिक्नु पर्छ भन्ने कुरा बुझें । त्यति मात्र हैन, यो फिल्मले मलाई अभिनय गर्न प्रेरित मात्र गरेन कन्फिडेन्ट हुन पनि सिकायो,' 'निशानी'की 'इनोसेन्ट' पात्र 'गोरी'ले भनिन्, 'भोलिका दिनमा अझै राम्रो गर्न सक्छु भन्ने आँट आएको छ ।'

बिहे पश्चात फिल्म भन्दा अन्य कार्यक्रममा नै बढि व्यस्त देखिएका हमालले मधुको गुनासो जायज भएको बताउँदै छिट्टै नै उनलाई घुमाउन लैजाने योजना बनाएको सुनाए । बिहेपछि पारिवारिक माहोलमा रमाईरहेका हमालले भने, 'समय मिलाएर उनीसँग घुम्न जाने योजना बनाएको छु ।'

